सङ्गीत । ‘आमा-बाबुको सपना बुढेसकालको साहारा छोरा’ भन्ने भाव बोकेको गीतिकथा ‘निक्लेर जा भन्छ छोराले’ सार्वजनिक गरिएको छ । छोराले आमा बाबुलाई गरेको अपहेलना, हुर्किएको छोरो अनि बुहारीको बचन, बुढेसकाल लागेकी आमालाई वृद्धाश्रम पठाउन कस्सिने प्रवृति देखाइएको गीतमा शब्द र सङ्गीत राजनराज शिवाकोटीको रहेको छ । गायनमा राजनलाई टिका पुन र रिता केसीले साथ दिएका छन् ।
भिडियोमार्फत आमालाई गर्नु पर्ने माया र कर्तव्यको बोध गराउने उदेश्य राखिएको बताईएको छ । विभोर पोख्रेलले निर्देशन गरेको भिडियोमा हिउँवाला गौतम, सुवास सिंह ठकुरी, कृतिशा केसी, दीपिका भट्ट, सुनिल बुढाथोकी र खेम नेपालीको अभिनय रहेको छ । बाल कलाकारको रूपमा अस्लिशा लोहनी र दिव्यांश सिग्देलले अभिनय गरेका छन् । विशाल थापाले खिचेको भिडियोलाई नहकुल खड्काले सम्पादन गरेका हुन ।
कमेन्ट गर्नुहोस्












