फिल्म । नेपालीसँगै हिन्दी भाषामा डब गरिएको फिल्ममा समेत अभिनय गरिसकेका अभिनेता प्रदिप खड्काले प्याराडाइज गार्डेन रेष्टुरेन्टमा ‘न्यु इयर इभ २०२४’ मनाउने भएका छन् । गैरीधारामा रहेको यो रेष्टुरेन्टमा उनले समेत लगानी गरेका छन् । सोही कारण उनले त्यहाँ नयाँ वर्षलाई स्वागत गर्ने इभेन्टमा सहभागी भएर साक्षात्कार गर्दैछन् । ‘मसँगै केही पार्टनर हुनुहुन्छ । अभिनयसँगै साइड बिजनेसको रुपमा रेस्टुरेन्टमा जोडिएको हुँ’,अभिनेता खड्काले भने,‘यहाँ राम्रो परिकारसँगै वातावरण पनि त्यस्तै छ । यहाँ एक पटक आउने पुनः आउनु हुन्छ ।’
उनले आज (आइतबार) ५ बजेबाट उपस्थित फ्यान तथा शुभचिन्तकसँग भेटघाट, गफगाफसहित नयाँ बर्षको स्वागत गर्नेछन् । प्याराडाइजले आजको कार्यक्रमलाई भव्य गराउन उपस्थित ग्राहक तथा फ्यानहरुलाई फ्रि–वेलकम ड्रिङ्क्स तथा लाइभ म्युजिकको व्यवस्था गरेको छ । त्यस्तै प्याराडाइजको किचनका परिकारमा केहि छुट समेत राखिएको छ ।
कोरोना महामारीपछि प्रदिप यस व्यवसायमा जोडिएका हुन् । कलाकारितासँगै बिजनेशमा पनि रुची राख्ने प्रदिपले लामो समयदेखि फ्यान तथा शुभेच्छुकहरुसँग साक्षत्कार हुन नसकेकोले आज यो कार्यक्रम आयोजना गरिएको र यस गेट टुगेदर मार्फत सम्बन्ध थप प्रगाढ हुने विश्वास राखेका छन् । ‘आज विशेष दिन पनि भयो । सबैसँग भेट्न सहज र लोकेशन पनि ठिक हुने भएकाले यहाँ कार्यक्रमको आयोजना गरिएको हो’, प्रदीपले भने । उनी पुषको दोस्रो हप्ता पुजार सार्कीको काममा व्यस्त हुनेछन् ।












