‘ठुली’ गीतको भिडियोमा श्रद्धा र गौरव

सङ्गीत । डाक्टर नवराज प्रधानको नयाँ गीत रिलिज भएको छ । गीतमा शब्द,संगीत र स्वर डाक्टर नवराज प्रधानकै रहेको छ। गीतको म्युजिक अरेन्जमेन्ट कालिप्रसाद बास्कोटाले गरेका छन् ।

भिडियोमा अभिनेता गौरव पहारी र अभिनेत्री श्रद्धा क्षेत्री फिचर्ड छन् । प्रेमी-प्रेमिकाको भुमिकामा यि दुई भिडियोमा प्रस्तुत छन्। पारिवारका कारण प्रेम सम्बन्धमा आउने उतारचढावको कथालाई भिडियोमा उत्कृष्ट तरिकाले देखाइएको छ ।

गौरव र श्रद्धाका अलावा भिडियोमा निर्मल शर्मा, राम बहादुर अधिकारी लगायतका कलाकारहरुलाई पनि देख्न सकिन्छ । भिडियोमा गौतमराज खड्काको कथा अनि निर्देशन रहेको छ । सौरभ लामाले खिचेको भिडियोलाई गौतमराज खड्काले नै सम्पादन गरेका हुन् ।

कमेन्ट गर्नुहोस्