४० वर्षमा कामना

देश । विभिन्न आरोह–अवरोह पार गरी चुनौतीलाई छिचोल्दै कामना न्यूज पब्लिकेसन्स् प्रालि आजदेखि ४० वर्षमा प्रवेश गरेको छ । पञ्चायत शासनव्यवस्था कै अवस्थामा र अभिव्यक्ति स्वतन्त्रताको अभ्यास गर्न नसकिने बेलामा यसका संस्थापक अध्यक्ष पुष्करलाल श्रेष्ठले अभिव्यक्ति स्वतन्त्रताको नयाँ प्रयोग गरेर २०४१ साल १५ मंसिरमा आजैका दिन यो पब्लिकेसन्स्को स्थापना गरेका थिए ।

अध्यक्ष श्रेष्ठले वर्षको एउटा दुईटा पनि फिल्म नबन्ने समयमा फिल्म क्षेत्रलाई नै लक्षित गरी कामना मासिक पत्रिका शुरू गर्नु भएको थियो । यो प्रयास आफैंमा निकै चुनौतीपूर्ण भए पनि अन्ततः फिल्म क्षेत्रमा मात्रै नभएर सिंगो सञ्चार क्षेत्रमा नै एउटा कोशेढुंगा सावित भयो । अहिले पब्लिकेसन्स् ४० वर्षमा प्रवेश गरिरहँदा मुलुकमा आर्थिक संकट विद्यमान रहेको र सिंगो सञ्चार जगत्समेत समस्याग्रस्त अवस्थामा समेत नियमित आकारमै १ सय ३२ पेजको ऐतिहासिक र संग्रहणीय विशेषाङ्क प्रकाशन गर्न सफल भएका छ । यो आफैंमा छापा सञ्चार माध्यममा एउटा नयाँकीर्तिमानी पनि हो ।

हाम्रो यो अभियानले आमसञ्चारकर्मीलाई आशाको किरण जगाउन महत्वपूर्ण भूमिका खेल्ने विश्वास गरेका कामनाको छ । निजी क्षेत्रको सबैभन्दा जेठो प्रकाशन गृहका रूपमा रहेको पब्लिकेसन्स् व्यावसायिक पत्रकारितालाई निरन्तर अघि बढाउँदै नयाँ सोच र सिर्जनाका साथ अघि बढिरहेको बताईएको छ । राष्ट्र, राष्ट्रियता, सामाजिक सहिष्णुता र जातीय सद्भावका पक्ष तथा मुलुकमा सुशासन कायम गराउने कार्यमा हामीले सदैव समर्पित भएर कार्य गरिरहेका कामनाले जारी विज्ञाप्तमा जनाएको छ । साथै, मुलुकको राजनीतिक, आर्थिक, सामाजिक, मनोरञ्जन, खेलकुद, सांस्कृतिक, विकासमा महत्वपूर्ण भूमिका निभाउँदै आएका छौं ।

कामना न्यूज पब्लिकेसन्स्ले कामना सिने मासिकसँगै क्रमशः साधना मासिक, महानगर दैनिक, नेपाल समाचारपत्र राष्ट्रिय दैनिक, न्युज अफ नेपाल अनलाइनजस्ता सशक्त सञ्चारमाध्यमलाई निरन्तर सञ्चालनमा ल्याएको हो ।

कमेन्ट गर्नुहोस्