शान्ताले ल्याईन ‘यस्तो भा छ मलाई त’

सङ्गीत । गायिका शान्ता जिसीको स्वरमा ‘यस्तो भा छ मलाई त’ बोलको नयाँ गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । युगल गीतमा शान्तालाई गायक प्रताप दाशले साथ दिएका छन् ।

गीतकार लोकराज अधिकारीको शब्द रचना रहेको गीतको सङ्गीत र सङ्गीत संयोजन सङ्गीतकार अर्जुन पोख्रेलले गरेका हुन् । ए प्लस रेकर्डिङ स्टुडियोमा रेकर्ड गरिएको गीतलाई नरेश बिबिसीले मिक्सिङ मास्टरिङ गरेका हुन् ।

सार्वजनिक गरिएको गीतको म्युजिक भिडियोमा कुशल कोरियोग्राफर समेत रहेका निर्देशक काजिश श्रेष्ठ मोडलहरू लोमश शर्मा ,करिश्मा ढकाल र सामरिका ढकालको अभिनय रहेको छ । कथानक डान्सिङ नम्बर रहेको गीतलाई क्यामेरा म्यान अजय रेग्मीले खिचेका हुन भने दीपक बिस्टले सम्पादन गरेका हुन् ।

गायिका जिसीले अलिक रमाइलो र फरक खालको गीत बनेकोले दर्शक श्रोताले मन पराउनेमा आफू आशावादी रहेको बताएकी छन् । निर्देशक श्रेष्ठले पनि गीतलाई न्याय गर्न आफूले मेहनत गरेकोले राम्रो सृजना बनेको बताएका छन् ।

कमेन्ट गर्नुहोस्