सङ्गीत । गायक रोशन अधिकारी र गायिका अश्मिता अधिकारीको आवाजमा ‘सलल’ बोलको नयाँ गीत सार्वजनिक गरिएको छ । काठमाडौँमा आयोजित एक कार्यक्रमका बीच सार्वजनिक गरिएको गीतको भिडियोमा गायक रोशन स्वयमले नै अभिनय गरेका छन । उनलाई ट्विनी गर्ल प्रिजा र प्रिन्सी खतिवडा तथा राज आचार्यले गीतमा साथ दिएका छन । डान्सिङ्ग बिटमा बनेको भिडियो पनि निकै आकर्षक बनेको छ । भिडियोमा गम्भीर बिष्टले करियोग्रफी गरेका छन।
स्टार इन्टरटेनमेन्ट नेपालको ब्यानरमा बनेको गीतमा लेखु सहयात्रीको शब्द संगीत, उदय राज पौडेलको एरेन्ज, श्यामस्वेत रसाइलीको मिक्सिङ्ग तथा मास्टरिङ्ग रहेको गीतको भिडियोलाई दिन्सोन शाहले कलर करेक्सन गरेका हुन् । पवन सुश्लिङ्गले खिचेको गीतको भिडियोको कन्सेप्ट तथा निर्देशन गम्भीर बिष्टले गरेका हुन् । भिडियोमा सुरेन्द्र बसेलको सह-निर्देशन रहेको छ।
कमेन्ट गर्नुहोस्












