‘जानु ए जानु’ सार्वजनिक

सङ्गीत । गायक राजेशपायल राईको स्वरमा ‘जानु ए जानु’ गीत र भिडियो सार्वजनिक गरिएको छ । विनोद पछाईको संगीत, जानुका ढकालको शब्द, महाराज थापाको एरेन्ज रहेको गीतमा मिन विष्टको मिक्सिङ तथा मास्टरिङ छ ।

भिडियोमा आभा थापा र बद्रीप्रसाद तिवारी फिचर्ड छन् । भिडियोमा आभा र बद्रीलाई रोमान्टिक भावमा देखाइएको छ । निसान घिमिरेको सम्पादन तथा निर्देशन रहेको भिडियोमा राजीव समरको कोरियोग्राफी, उत्तम हुमागाईंको छायांकन र सुवास तिमिल्सिनाको मेकअप छ ।

संगीतकार विनोदका यसअघि ‘रात पनि दिन हुन्थ्यो’, ‘तिम्रा हजार गल्ती’, ‘औला गन्दैछु’, ‘बाटोमा हिँड्दा देखेको उनीलाई’लगायतका गीत चलेका गीतमा पर्छन् । उनका झण्डै ३० गीत युट्युबमा रिलिज भइसकेका छन् । उनले स्वदेश गान तथा भजन गीतमा पनि स्वर दिएका छन् । उनले ‘जानु ए जानु’ गीत चार वर्षपछि बजारमा ल्याएका हुन् ।

कमेन्ट गर्नुहोस्