संगीत । नयाँ गीत ‘मनै तिम्रो’ सार्वजनिक भएको छ । नव गायिका श्रीला सापकोटाको स्वर, बद्री सेवाको संगीत रहेको गीतमा लोकप्रिय सञ्चारकर्मी नरेश भट्टराईले शब्द लेखेका छन् । महेन्द्र कुमारको संगीत संयोजन रहेको गीतको लिरिकल भिडियो सार्वजनिक गरिएको छ ।
भिडियोको निर्देशन युवराज वाइवाले गरेका हुन् । निसल पौडेलको छायांकन रहेको भिडियो नरेश भट्टराई अफिसियल च्यानल मार्फत सार्वजनिक गरिएको छ ।नव गायिका सापकोटा काठमाडौँ युनिभर्सिटीमा कम्प्युटर इञ्जिनियरिङ्ग अफ ब्याचलरमा अध्यनरत छिन् ।
कमेन्ट गर्नुहोस्










