रेखाको फिल्ममा स्मिता र प्रतापको स्वर

फिल्म । रेखा फिल्मसको व्यानरमा निर्माण हुने नयाँ फिल्ममा गायिका स्मिता दाहालको स्वर रेकर्ड गरिएको छ । पुर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डकी नातिनी स्मिताले यसै साता फिल्मका लागि आफ्नो स्वर रेकर्ड गराएकी हुन् । बाह्र वर्षकै उमेरदेखि गीत गाउन थालेकी समिताले गाएको पछिल्लो गीतहरु ‘मायालु तिमी कता छौं’ र ‘कल्लाई था छैन्’ गीतहरु हिट भए । ‘मायालु तिमी कता छौं’ गीत सुनेर रेखा र बसन्तले स्मितालाई आफ्नो प्रोजेक्टमा आवद्ध गराएका हुन् । नेपाल आइडल फेम्ड प्रताप दासले पनि आफ्नो स्वर रेकर्ड गराइसकेका छन् । गीतमा शब्द तथा संगीत बसन्त सापकोटाले सृजना गरेका छन् । एरेञ्ज उदयराज पौडेलले गरेका हुन् ।

संगीतकार सापकोटा रेखा फिल्मसको यो गीतलाई लिएर निकै उत्साहित छन् । ‘जसरी सिम्पल सिम्पल कान्छी र स्लोली स्लोली दर्शकमाझ सुपरहिट भएका थिए । रेखाजीको नयाँ फिल्मको यो गीत पनि सुपरहिट हुन्छ भन्ने विश्वास लिएको छु’, सापकोटा भन्छन् ।सविर श्रेष्ठले निर्देशन गर्ने फिल्ममा रेखा थापा मुख्य भूमिका रहनेछ । बैशाखबाट छायाँकन सुरु हुने रेखाको फिल्म तिहारमा रिलिज हुनेछ ।

कमेन्ट गर्नुहोस्