दयासँग रोमान्टिक उपासना

75 Shares

फिल्म । गतवर्ष फिल्म ‘क्याप्टेन’ मार्फत फिल्मनगरीमा प्रवेश गरेकी उपासना सिंह ठकुरीले सम्भावना देखाइन । उनले फिल्ममा गरेको काम हेरेपछि निर्देशक रामबाबु गुरुङले उनलाई लिएर यतिबेला ‘कबड्डी कबड्डी कबड्डी’ को छायाँकन गरिरहेका छन् । फिल्ममा उनि लिड रोलमै छिन , तर उनको भूमिका खुलाइएको छैन ।

सामान्यतया फिल्ममा काजि र सोल्टिनीको प्रेमलाई देखाउदै आइएको छ । यसकै सेरोफेरोमा उपासना पनि छिन् । केही हप्तायता उनि घान्द्रुकमा छायांकनमा रमाई रहेकी छिन् । उनले समाजिक सञ्जाल मार्फत सार्वजनिक गरेको तस्वीरले यस्तै छनक दिन्छ । उनको अपोजिटमा अभिनेताद्वय दयाहाङ राई र कर्मा शाक्य छन् । सार्वजनिक तस्वीरमा उपासनाले फिल्ममा साधारण गाउँले युवतीको भूमिकामा निर्वाह गरिरहेको देख्न सकिन्छ ।

सार्वजनिक एक तस्वीरमा दया पनि छन् । केहि गाउले बालबालिकासँग दुइ रोमान्टिक मुडमा देखिएका छन् । फिल्ममा स्वजातिय विवाह र अन्तर्जातिय प्रेम सम्बन्धको अन्तरद्वन्द्वको कथालाई देखाइने निर्देशक गुरुङले घोषणा कार्यक्रममा बताएका थिए । माओत्से गुरुङ, पुस्कर गुरुङ, विल्सन विक्रम राई, विजय बराल, बुद्धि तामाङ, कमलमणी नेपालको पनि फिल्ममा अभिनय रहेको छ ।

Facebook Comments