साउन ५ मा ‘लुङा’

फिल्म । भुमिसा प्रोडक्सनले निर्माण गरेको फिल्म ‘लुङा’ को साउन ५ गतेबाट प्रदर्शनमा आउने भएको छ । समसामयिक विषयवस्तुमा निर्देशक किरण राईले प्रेमकथा सहितको फिल्म तयार पारेका छन् । ‘यो फिल्म सम्पूर्ण वर्गको दर्शकलाई लक्षित गर्दै तयार गरेका छौं । त्यसैले ट्रेलरमा समेत सम्पूर्ण कुरा समावेश गरेका छौँ’, निर्देशक राईले भने । फिल्ममा बुद्धि तामाङ, भुवन सिंह राई, सारा लोहोरुङ राई, भिम सेरमा लिम्बू, प्रकाश दाहाल, अनुप लिङ्खिम, सुदिप जंग कार्की, गङ्गा बहादुर राई, सम्झना लिम्बू, रमेश बुढाथोकी, निशान लुइँटेल, स्मृति पोखरेल, सलिना गुरुङलगायतको अभिनय रहेको छ । इस्टन मिडियाको निर्माणमा सहकार्य रहेको फिल्म ‘लुङा’मा बादल लिम्वू र अनिस श्रेष्ठको संगीत रहेको छ भने राजेश पायल राई, मेलिना राई, रचना रिमाल, आयुश प्रधान, निमा तामाङले गीतमा स्वर दिएका छन् । यसमा सागर अर्यालको ध्वनि संयोजन, मिना कार्कीको श्रृङ्गार, किरण राईको छायांकन तथा सम्पादन, कलर अनिल राना, कला निर्देशन बिमल लिम्बू र निशान लुइँटेलको रहेको छ । भुवन सिंह राईले लेखेको कथालाई प्रयास घिमिरे र निश्चल सापकोटाले पटकथाको स्वरूप दिएका हुन्। फिल्मलाई काठमाडौँमा जिजिए ग्रुप र रीच इन्टरटेनमेन्ट तथा मोफसलमा एफडि कम्पनीले वितरण गर्दैछ।
कमेन्ट गर्नुहोस्