फिल्म । अभिनेता सारुक ताम्राकारको पार्थिव शरीरलाई पशुपतिस्थित आर्यघाटमा अन्त्येष्टि गरिएको छ । सारुकका पिता सानु ताम्राकारले दागबत्ती दिदै गर्दा उपस्थित फिल्मकर्मीसमेत मर्माहत भएका थिए । त्यसअगाडी अन्तिम श्रद्धाञ्जली दिन शुक्रबार अपरान्ह पशुपति आर्यघाटमा फिल्मकर्मी उपस्थित थिए ।
नेपाल चलचित्र कलाकार संघका अध्यक्ष मोहन निरौलाले दु:खद समयको सामना गरिरहेको प्रतिक्रिया दिदै एकै साता दुई अभिनेता गुमाउँदा मर्माहत भएको बताए ।
अभिनेता ताम्राकारले ‘ह्यासट्याग माया’ नामक चलचित्रमा अभिनय गरिरहेका थिए । विहिबार विहानसम्म छायांकन गरेर उहाँ घर फर्किएका निर्देशक राजिव गुरुङले जानकारी दिए । अभिनेता ताम्राकारको निधन पश्चात चलचित्रको बाँकी काम के हुन्छ भन्ने अन्यौल वढेको छ । निर्देशक गुरुङले निर्माण समुहसँग छलफल गरेर निर्णय लिने बताए ।
‘रानी’ फिल्ममार्फत अभिनेताको सरुआत गर्नुभएका ताम्राकारले ‘मेरी मामु’,’इन्टु मिन्टु लण्डनमा’ लगायतका चलचित्रमा अभिनय गरेका छन् । ३१ वर्षीय अभिनेता ताम्राकार गए राति काठमाडौँको रातोपुलस्थित आफ्नै घरमा झुण्डिएको अवस्थामा फेला परेका थिए ।










