फिल्म । ‘कबड्डी’ शृंखलामार्फत व्यावसायिक रुपमा सफल निर्देशकमा स्थापित भएका रामबाबु गुरुङ र अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा सहभागी र विजेता चलचित्र निर्देशक दीपक रौनियार बीच सहकार्य हुने भएको छ । कलात्मक र व्यावसायिक चलचित्रको मिश्रणका रुपमा ‘राजागञ्ज’ बन्ने भएको छ । व्यावसायिक रुपमा सफल भएका चलचित्रले राम्रो समीक्षा बटुल्न सक्दैनन् भने समीक्षा बटुल्ने चलचित्रले व्यावसायिक रुपमा मुनाफा आर्जन गर्न नसकिरहेको सन्दर्भमा घोषणा भएको यो चलचित्रले सम्भावना देखाएको छ ।
‘हाइवे’ र ‘सेतो सुर्य’ जस्ता चलचित्र निर्देशन गरेर नेपाली चलचित्रलाई अन्तर्राष्ट्रिय महोत्सवमा सहभागी गराउदै विजेतासम्म बनाउन सफल भएका निर्देशक रौनियारले यसको निर्देशक गर्दैछन् । थ्रीलर विधामा निर्माण हुने चलचित्रलाई लिएर निर्माता गुरुङ उत्साहित छन् ।
‘व्यावसायिक र कलात्मक दुवै पक्षलाई जोडेर चलचित्र निर्माण हुँदैछ । सुरुआत र प्रयाश पनि हो’, निर्देशक गुरुङले भने । चलचित्रमा दयाहाङ राई, आशा मंगराती, ऋचा शर्मा, पशुपति राई, विजय बराल, गौमाया गुरुङ, निकिता चन्डक, घनश्याम मिश्रा, आरती मण्डल, पुष्पा यादव लगायतका कलाकारले अभिनय रहनेछ ।











