फिल्म । निर्देशक सिमोस सुनुवारको निर्देशनमा निर्माण हुने फिल्म ‘हात्तिछाप’को अष्ट्रेलिया र न्युजल्याण्ड राइट्स बिक्री भएको छ । निर्माण किरण नेपालीले एक पोस्टर सार्वजनिक गर्दै विभिन्न देशको राइट्स बिक्री भएको जानकारी दिएका छन् ।
प्रि-प्रोडक्सनमा रहेको फिल्म रेड बर्ड प्रोडक्कसनको ब्यानरमा निर्माण हुदैछ । कथा, पटकथा तथा संवाद प्रदीप भारद्धाजरहेको फिल्ममा सुशन प्रजापतिको छायांकन रहने छ ।
यसमा दयाहाङ राई, सौगात मल्ल, विल्सन विक्रम राई, गौरव पहारी, उपासना सिह ठकुरी, बुदि तामाङ, बिजय बराल, कमलमणी नेपाल, राजन खतिवडा, पुस्कर गुरुङ, प्रकास घिमिरे, बिनोद न्यौपाने, कबिता आले, सुस्मा निरौला, रविन्द्र झा, रीयर राई, अनुप न्यौपाने, काजल रिमाललगायतका कलाकारको अभिनय रहने निर्माता नेपालीले जानकारी दिएका छन् ।
कमेन्ट गर्नुहोस्











