ओम र मेलिनाको ‘माया गरौँ ‘ सार्वजनिक (भिडियो)

संगीत । गायक ओम सुनार र गायिका मेलिना राईको आवाजमा ‘तिमीलाई माया गरौँ भन्छ यो मन’ बोलको गीत सार्वजनिक भएको छ । सार्वजनिक गीतमा ओम सुनारकै शब्द तथा संगीत रहेको छ । गीतको भिडियोमा महेश खड्का, सारदा आर एल शाह, अमृत शाहि ठकुरी र पुष्पा चन्दको अभिनय रहेको छ ।

हरेक माया गर्ने जोडिहरुलाई सुहाउने खालको शब्द यस गीतमा रहेका छन् । आफ्नो मायालुसँग जिउँने मर्ने कुरा समेटिएको छ । भिडियोलाई सारदा आर एल शाहको निर्देशन गरेका हुन् । गीतलाई पबन गौतमले छायांकन गरेका हुन् भने सुबास देवकोटाले सम्पादन गरेका हुन् ।

कमेन्ट गर्नुहोस्