फिल्म । आगामी भाद्र १ गतेबाट प्रदर्शन हुने राजु गिरिको निर्देशित फिल्म ‘नम्बरी सुन’को टिजर सार्वजनिक गरिएको छ । सुनको इतिहासमाथी निर्माण भएको एक्सन र कमेडीलाई प्रथामिकतामा राखिएको टिजरमा प्रेम सम्बन्धमा आउने उतारचढावको कथालाई केन्द्रमा राखिएको छ।
सार्वजनिक टिजरले ७० बर्ष पहिले नेपालमा हुने सुनको इतिहासलाई प्रस्तुत गरिएको छ भने, गौरव नम्रताको प्रेम सम्बन्धमा आउने उतार चढावलाई मुख्य स्थान दिइएको छ ।
टिजरमा अभिनेता सरोज खनाललाई गाउँको मुखियाको भुमिकामा देख्न सकिन्छ । यस्तै, अर्का अभिनेता बुद्धि तामाङलाई श्रीमती पिडित श्रीमानको रुपमा देखाइएको छ ।
नारायण खातीको शब्द कथा तथा प्रस्तुति रहेको फिल्ममा राजेन्द्र खड्गी, सविन बास्तोला, विनोद न्यौपाने, गीता अधिकारी लगायत कलाकारको अभिनय रहेको छ । सुवर्ण शिभान्स प्रोडक्सनको ब्यानरमा निर्माण भएको फिल्ममा शिवम् अधिकारीको पटकथा तथा संवाद लेखन रहेको छ ।
यो फिल्ममा सरोज खाती, सविन खाती र मनोज रिजालको लगानी छ । यस्तै, फिल्मका गीतमा राजेशपायल राई, शान्तिश्री परियार, प्रताप दास र अनु चौधरीको स्वर रहेको छ ।
अर्जुन पोखरेल र सन्तोष श्रेष्ठको संगीत, रामजी लामीछानेको नृत्य निर्देशक, समीर मियाँको भिएफएक्स, दिव्य सुवेदीको छायांकन, देव महर्जनको द्वन्द्व निर्देशन, गौतम राज खड्काको सम्पादन रहेको छ ।
फिल्ममा विनोद भुजेलको ब्याकग्राउन्ड स्कोर, मनोरञ्जन श्रेष्ठको कलर करेक्सन छ । फिल्मलाई काठमाडौं उपत्यकामा जिजिए ग्रुप र उपत्यका बाहिर एफडी कम्पनीले वितरण गर्दैछ ।











