‘माया हुन्छ भनन्’ सार्वजनिक

सङ्गीत। संगीतकार शम्भूजीत बासकोटाको संगीत र गायक रामकृष्ण ढकालको स्वर रहेको गीत ‘माया हुन्छ भनन्’ एक कार्यक्रमको आयोजना गर्दै सार्वजनिक गरिएको छ । गीतकार ज्ञानेन्द्र गदालको शब्द रचना रहेको गीतको भिडियो पनि सार्वजनिक गरिएको छ। कार्यक्रममा संगीतकार बासकोटा र गायक ढकालसँगै निर्देशक निकेश खड्का उपस्थित थिए।

सार्वजनिक भिडियोमा गायक ढकालसँगै अभिनेत्री केकी अधिकारी फिचर्ड छिन् । निकेश खड्काद्वारा निर्देशित भिडियोमा बुद्ध थापाको छायांकन र विकास धमलाको सम्पादन रहेको छ । आयोजित कार्यक्रममा गायक ढकालले केहि गीतहरु लाइभ गाएका थिए।

कमेन्ट गर्नुहोस्