बलिउडका दुइ निर्देशकसँगै परिवारले गरे अन्तिम विदाई

फिल्म । बलिउडमा आफुले पाएको भूमिकालाई जीवन्त बनाउने कलाकार इरफान खानले ५४ वर्षको उमेरमा बुधवार यो संसारबाट बिदा लिए । मंगलबार स्वस्थ्यमा समस्या आएपछि अस्पताल भर्ना भएका इरफानको स्वास्थ्य लाभको कामना गरिरहेका फ्यानहरु वुधवार अचानक आएको उनको निधनको खबरले स्तब्ध भए । केही समयदेखि न्यूरोइन्डोक्राइनबाट ग्रसित इरफानको अन्तिम संस्कार बुधवार साँझ गरिएको छ ।

मुम्बईको वार्सोवा स्थित कब्रिस्तानमा उनको शवको मुस्लिम परम्परा अनुसार अन्तिम संस्कार गरिएको हो । कोरोना भाइरस (कोभिड १९) को कारण देशमा रहेको लकडाउनले गर्दा इरफानको अन्तिम संस्कारमा निकै कम सहभागी भए । देशको नियम अनुसार २० जना सहभागी हुने सक्ने अन्तिम संस्कारमा इरफानको परिवारसँगै बलिउडका दुइ निर्देशक तिंगमांशु धुलिया र विश्वल भारद्वाज सहभागी थिए । इरफानको अन्तिम संस्कार मुम्बई पुलिसको निगरानीमा भएको बताइन्छ । (एजेन्सी)

कमेन्ट गर्नुहोस्