फिल्म। ‘प्रसाद’ को सफलतापछि निर्माण गरिएको यसको नयाँ सिरिज ‘प्रसाद २’ को पहिलो गीत सार्वजनिक गरिएको छ। ‘मार्सी धान’ बोल रहेको गीतमा राजनराज शिवाकोटी र मिलन नेवारको स्वर, राजनराजकै शब्द तथा संगीत छ । लोकशैलीमा तयार पारिएको गीतले दर्शक तथा श्रोताको मन जित्नेमा निर्माण टिम विश्वस्त छ । यो गीतको भिडियोलाई विक्रम स्वारले कोरियोग्राफी गरेका छन् ।
गीतको भिडियोमा फिल्मका मुख्य कलाकारद्धय विपिन कार्की र केकीको अधिकारीको साथमा म्युजिक भिडियोमा जमेको जोडी आश्मा विश्वकर्मा र सरोज अधिकारीको नृत्य हेर्न सकिन्छ ।
फिल्ममा अर्पण थापा, महेश त्रिपाठी लगायतका कलाकारको पनि मुख्य भूमिका छ । राजेश श्रेष्ठको छायांकन रहेको फिल्ममा मिलन श्रेष्ठको सम्पादन छ । फिल्मलाई सुदर्शन थापाले निर्देशन गरेका हुन् । सुदर्शन लभ स्टोरी जमेका निर्देशक हुन् । उनले ‘धन्दा’पछि अर्को सामाजिक कथामा फिल्म बनाएका छन् । सुदर्शन बस्नेतको लगानीमा बनेको फिल्मको प्रस्तुतकर्ता सुभाष थापा हुन् ।










