फिल्म । गत वर्षको साउन देखि नै नेपाल सरकार अन्तर्गतको विकास वोर्डले बक्स अफिस प्रणालीको सुरुवात गरेको थियो । पहिलो चरण अन्तर्गत उपत्यकामा जडान गरिएको बक्स अफिस टेस्टको रुपमा समेत लिइएको थियो । बक्स अफिसले निर्माता , वितरक र सरकारलाई समेत पारदर्शिता प्रदान गर्छ । यसैक्रममा मोफसलको बक्स अफिसको सुरुवात भने प्रदेश नम्बर २ स्थित सर्लाहीको लालबन्दीमा रहेको बिणा चलचित्र मन्दिरबाट सुरु गरिएको छ । पुर्वपश्चिम लोकमार्ग अन्तर्गतको तराइमा पर्ने पुरानो तथा नेपाली फिल्मको लागि कुनै समय निकै राम्रो मानिने हलबाट सुरुवात भएको हो । सूचना तथा सञ्चार प्रविधि मन्त्रि गोकुलप्रसाद बास्कोटाले एक कार्यक्रमका बीच उद्घाटन गर्नु भएको हो । चलचित्र विकास बोर्डले शनिबार प्रदेश नं. २ का झन्डै १० हलबाट यसलाई कार्यान्वयनमा ल्याएको हो ।

साउनसम्ममा नेपाल भरका सम्पूर्ण हलमा बक्स अफिस जडान गर्ने मन्त्रि बास्कोटाले बताउदै हल संचालकलाई तयार रहन आग्रह गरे । ‘सरकारको यो योजनामा सम्पूर्ण हल संचालकले साथ् दिनु हुन्छ भन्ने आश छ र यसको विकल्प पनि उहासँग छैन’ उनले भने ‘हामीले पनि बुझेका छौ हलको अवस्था , केहि हललाई हेर्ने जिम्मेवारी सरकारको पनि हुनेछ ।’ उनले बक्स अफिस अगाडी देखिएको हिसाबको लेखाजोखा कानुन संवत ठिक नरहेको पनि बताए । ‘कागजमा आर्थिक हिसाब लेख्ने काम भनेको डरलाग्दो सामाजिक भ्रष्टाचार हो । यसलाई नियन्त्रण गर्न पछिल्लो प्रविधिको आत्मसात् गर्दै पारदर्शिता अपनाउनै पर्छ,’ मन्त्री बाँस्कोटाले भने, ‘पारदर्शी समाज, व्यावसायिक शुद्धताले राज्यलाई बलियो र पेसा–व्यवसायलाई सुदृढ बनाउन पनि बक्सअफिस प्रणाली चाहिएको हो । एक वर्षभित्रै देशभर ई–टिकेटिङ मात्रै नभई सेन्ट्रल सर्भरसँगै करमा जोडेर वास्तविक बक्सअफिस कार्यान्वयनमा आउनेछ ।’
सरकारले मोफसलका झन्डै ८० हलमा बक्सअफिस प्रणाली जडानका लागि आवश्यक पर्ने सफ्टवेयर अनुदानमा दिइसकेको छ ।सरकारले बोर्डमार्फत लालबन्दीको वीणा हलसँगै सर्लाही, महोत्तरी, पर्सासहित प्रदेश २ का १० वटा हलहरूमा बक्सअफिस सुचारु गरेको हो । यो क्रमलाई ७ वटै प्रदेशमा साउन १ सम्म सुचारु गरिसक्ने चलचित्र विकास बोर्डका अध्यक्ष केशव भट्टराईले बताएका छन् । ‘हामीले नीति अनुसारनै काम अगाडी बढाउने छौ र यसमा सबैले सहयोग गर्नु हुन्छ भन्नेमा विश्वत छु’ अध्यक्ष भट्टराईले भने ‘पारदर्शिताले कसैलाई घाटा पुर्याउदैन ।’

साथै उनले बक्सअफिस प्रणाली सुरु गरेको काठमाडौंका हलहरूलाई पनि साउन १ गतेभित्र रियल टाइम डाटा पठाउने गरी कडाइका साथ बक्सअफिस लगाउने समेत बताए । मोफसलमा बक्सअफिस सुचारु गरेको वीणा हलका सञ्चालक पवन गुप्ता हुन् भने अध्यक्ष नरेन्द्र महर्जन हुन् । बक्स अफिस समितिका संयोजक समेत रहेका महर्जनले यसले सबैलाई पारदर्शी बनाउने बताए । ‘बक्स अफिसले हामी सबैलाई पारदर्शी बनाउछ’ उनले भने ‘पहिला हामीले सरकारलाई कर तिरौ , पारदर्शी बनौ अनि मात्र हामीले मांग गर्न सुहाउछ ।’ कार्यक्रममा निर्माता संघका अध्यक्ष आकाश अधिकारी , चलचित्र प्राविधिक संघका अध्यक्ष पुस्कर लामा पनि उपथित थिए ।
‘यो बक्स अफिस यसरि उपत्यका हुँदै मोफसलमा आइपुग्दा मलाइ निकै खुसि लागिरहेको छ’ अध्यक्ष अधिकारीले भने ‘अब विस्तारै यसलाई रियल टाइम डाटामा ल्याउनु पर्छ , यो सबैको लागि आवश्यक छ ।’ उनले मन्त्रि बाँस्कोटालाई फिल्मनगरीको हितमा अझै अगाडी बढ्न आग्रह गरे ।
(तस्वीर सौजन्य : बिनोद पोखरेल)










