सिद्धार्थको ‘पठान’ मा शाहरुख

फिल्म । अन्तत बलिउड अभिनेता शाहरुख खानले फिल्म गर्ने मनसाय बनाएका छन् । आफ्नो पछिल्लो फिल्म’जिरो’ को असफलतापछि पर्दामा नदेखिएका शाहरुखले सिद्धार्थ आनन्दको निर्देशनमा बन्ने फिल्म ‘पठान’ मा अभिनय गर्ने भएका हुन् । यशराज फिल्म्सको व्यानरमा बन्ने फिल्ममा शाहरुखको जोडी दीपिका पादुकोण हुनेछिन् । पछिल्लो समय ‘वार’ निर्देशन गरेका सिद्धार्थले यसपटक पनि एक्सन थ्रिलर फिल्मनै बनाउने तयारीमा छन् ।

शाहरुखले बलिउडका सफल निर्देशक राजकुमार हिरानीसंग काम गर्ने चर्चा भएता पनि आउँदो वर्षबाट छायांकनमा लाने गरि पठानको तयारीमा जुटेका छन् । पठानको कथालाई शाहरुखले पनि रुचाएका छन् । उनले यसलाई आफ्नो कमब्याकको रुपमा सोचेको बताएका छन् । उनि सिद्धार्थको फिल्मको काम सकेर राजकुमारको प्रोजेक्टमा व्यस्त हुनेछन् ।

‘पठान’ मा एक्सन र रोमान्टिक देखिने शाहरुखले राजकुमारको फिल्ममा भने साधारण मानिसको भूमिका निर्वाह गर्नेछन् । किनकी हिरानी निर्देशित प्राय फिल्म सोसल ड्रामानै छ । यशराज फिल्म्सकै महत्वकांक्षी प्रोजेक्टको रुपमा हेरिएको पठानलाई ‘वार’ भन्दा भव्य बनाउने तयारीमा सिद्धार्थ जुटेका छन् ।

(एजेन्सी)
कमेन्ट गर्नुहोस्