फिल्म । फिल्म ‘होस्टेल रिर्टन्स’ बाट अभिनयमा डेब्यू गरेका सुशील सिटौलाले लगनगाँठो कस्ने भएका छन् । फागुन ४ गते वसन्त पञ्चमीको दिन उनले दमककी प्रतिमा मैनालीसँग विवाह गर्न लागेका हुन् । माघ २ गते सुशीलले प्रतिमासँग टिकाटालो गरेको तस्विर सामाजिक सञ्जालमा राखेपछि विवाहको चर्चा सुरु भएको हो । मागी विवाह रहेको सुशीलले विर्तामोडमा विवाह गर्नेछन् ।
उनले पारिवारिक सल्लाहमै विवाह गर्न लागेको जनाए । ‘विवाहले मेरो करियरमा झनै निरन्तरता दिन सघाउनेछ । यो यात्रामा सहयात्रीको साथले मलाइ अगाडी बढ्न हौसला मिल्नेछ’ सुशीलले भने । सुन्तलीलाई भगाइ लग्यो झिल्केले, गाँजाबाजा, चिनी कम रंग कडा लगायतका फिल्ममा काम गरिसकेका सुशीलको पछिल्लो फिल्म रणवीर ठुलो बजेटको फिल्म थियो । यसमा उनको अभिनय र एक्सनको प्रशंसा भएको थियो ।
कमेन्ट गर्नुहोस्












