‘निफ’मा थपियो सिस्नुपानीको सेसन

फिल्म। चैत २ देखि ६ गतेसम्म हुने छैठौँ ‘नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव’ (निफ) मा सिस्नुपानी नेपाल पनि सहभागी हुने भएको छ । स्थापित हाँस्यव्यङ्ग्य समूह सिस्नुपानी नेपालले निफमा डेढ घण्टा लामो एउटा सेसन सञ्चालन भएको हो। ‘हाँस्य व्यङ्ग्यले हौसिएको नेपाली सिनेमा’ विषयक उक्त सेसनमा ‘प्यानलिष्ट’हरु कलाकार मनोज गजुरेल, कवि लक्ष्मण गाम्नागे, निर्देशक प्रदिप भट्टराई र समीक्षक डा. विन्दु शर्मा रहनेछन् । यस्तै, मध्यस्थता पत्रकार तथा संस्कृती विज्ञ धिरेन्द्र प्रेमर्षिले गर्दैछन् । सिस्नुपानीको यो सेसन आउँदो चैत ६ गते सोमबारका दिन नेपाल पर्यटन बोर्ड भृकुटीमण्डपमा सञ्चालन हुने जानकारी महोत्सवका अध्यक्ष केपी पाठकले दिए ।

३५ देशका चलचित्रकर्मीको प्रतिनिधित्व हुने यस महोत्सवमा छनौट भएका ९५ प्रतियोगी चलचित्रको प्रदर्शन क्यूएफएक्सद्धारा सञ्चालित सिनेमा हलहरु काठमाडौंको सिभिल मल र छायाँ सेन्टर, पुलचोकको लविङ मल अनि भक्तपुर राधेराधेको भाटभटेनीमा रहेको हलमा हुनेछन् । ‘ओपनिङ फिल्म’को रुपमा कोरिन शर्मा निर्देशित चलचित्र ‘चरी’ (अप्रतियोगी) प्रदर्शन हुने छ ।

कमेन्ट गर्नुहोस्