देश। ड्रिम हाइ नेपालले यही फागुन ७ गते प्रजातन्त्र दिवसको अवसर पारेर आयोजना गर्ने दोस्रो ‘नेपाल मिडिया अवार्ड २०७९’ को तयारी पुरा गरेको छ । एघार विधामा नगद राशि सहित प्रदान गरिने अवार्डमा सञ्चार तथा सामाजिक क्षेत्रमा आफ्नो जीवन अर्पेका व्यक्तित्व सञ्चारकर्मी कृष्ण ताम्राकारलाई लाइफटाइम एचिभमेन्ट अवार्ड (दीर्घ साधना सम्मान) र पत्रकार भुषण दाहाललाइ दशकको उत्कृष्ट पत्रकारिता सम्मानबाट सम्मान गरिने जानकारी ड्रिम हाई नेपालका निर्देशक कमल जिसीले दिए ।
‘मिडिया उद्योग र सञ्चारक्षेत्रको योगदानको कदर तथा सम्मान गर्न अवार्ड कार्यक्रम गरेका हौँ’, उनले भने। टेलिभिजन, छापा, एफएम रेडियो र अनलाइन सञ्चारमाध्यमहरूमा कार्यरत सञ्चारकर्मीहरूको पछिल्लो एक वर्षयताको प्रस्तुतीलाई आधार बनाएर उत्कृष्ट मनोनयन गरिएको आयोजक संस्थाले जनाएको छ । मनोनयनमा परेका विधा र उत्कृष्ट तीनको नामावली जुरी समूह समारोहमै सार्वजनिक गर्नेछ।













