‘जारी’ टिजर सार्वजनिक (भिडियो)

फिल्म। आउँदो बैशाख १ गते अर्थात् नयाँ वर्षबाट प्रदर्शनमा आउने फिल्म ‘जारी’को टिजर सार्वजनिक गरिएको छ। लिम्बु समुदायको परम्परा, संस्कृति, भेषभूषा र परिवेशलाई प्रस्तुत गरिएको फिल्ममा दयाहाङ राई र मिरुना मगर शिर्ष भूमिकामा छन्। लिम्बु समुदायमा गाइने ‘पालाम’लाई कथावाचनको रुपमा प्रयोग गरिएको टिजरमा एक लिम्बु दाम्पतीको कथा भनिएको छ ।

रामबाबु गुरुङ निर्माता रहेको फिल्मलाई उपेन्द्र सुब्बाले लेखन तथा निर्देशन गरेका हुन् । जारी प्रथामाथि आधारित रहेको फिल्ममा विजय बराल, कमलमणी नेपाल, पुष्कर गुरुङ, प्रेम सुब्बालगायतको पनि अभिनय छ । सैलेन्द्र डि कार्कीको छायांकन रहेको फिल्ममा निमेश श्रेष्ठको सम्पादन छ । फिल्मले एक व्यक्तिको यस्तो कहानी भन्छ, जो आफ्नो श्रीमती फिर्ता ल्याउन संघर्ष गर्छ ।

कमेन्ट गर्नुहोस्