संयोजक शाहसहित सदस्यले दिए राजीनामा

फिल्म । चलचित्र विकास बोर्डको सल्लाहकार समितिबाट संयोजक नीर शाहसहित दुई सदस्य रवीन्द्र खड्का र सुशान्तकुमार श्रेष्ठले राजनीमा दिएका छन । चलचित्र कलाकार सङ्घका अध्यक्षसमेत रहेका रविन्द्र खड्काले गत २० माघमा राजीनामा दिए लगत्तै शाह र श्रेष्ठले बुधवार राजीनामा दिएका हुन ।

सक्रिय भूमिका निर्वाह गर्न नसकिएको कारण देखाउँदै राजीनामा गरिएको भएता पनि सल्लाहकार समितिको सल्लाहलाई बोर्डले ध्यान नदिए प्रति संयोजक शाहसहित अन्य सदस्यहरूको गुनासो रहदै आएको थियो। बोर्डको सल्लाहकार सदस्यबाट केही दिन अगाडी निर्देशक दीपाश्री निरौलाले राजीनामा दिईसक्नु भएको छ भने निर्माता तथा निर्देशक आकाश अधिकारीले विहीबार अर्थात आज राजीनामा दिदै हुनुहुन्छ । बोर्ड अध्यक्ष भुवन केसीले तीन महिनाअघि शाहको संयोजकत्वमा सल्लाहकार समिति गठन गरेका थिए ।

कमेन्ट गर्नुहोस्