‘पठान’ को कमाइ कति ?

फिल्म। प्रदर्शन अगावै अग्रीम टिकेट बुकिङ्गमा किर्तिमान कायम गरेको फिल्म ‘पठान’ले पहिलो हप्ता तीन सय ५१ करोड भारूको व्यापार गरेको छ। घरेलु बक्सअफिसमा आक्रामक व्यापार गरिरहेको फिल्मले विश्वव्यापी रूपमा सात सय करोडको ग्रस कलेक्सन गरेको छ। केही वर्षदेखि लगातार असफलता खेपिरहेका शाहरुख खान पुनः बलिउडमा ‘बादशाह’ सावित भएका छन्।

यसले घरेलु बक्सअफिसमा बाहुलाबी, केजीएफ सिरिजको समेत रेकर्ड तोडेको छ। बलिउडको ठुलो कम्पनि यशराज फिल्म्सले आफ्नो सफल स्पाइ क्यारेक्टरलाई लिएर ‘स्पाइ युनिभर्स’ क्रिएट गरेको हो । टाइगर सिरिज र वारको सफलतापछि यशराज फिल्म्सका आदित्य चोपडाले ‘पठान’ फिल्म निर्माण गरेको हो । सिद्धार्थ आनन्दको निर्देशन रहेको फिल्ममा शाहरुखसँगै जोन अब्राहम र दीपिका पादुकोण मुख्य भूमिकामा छन् । सलमान खानलाई दर्शकले टाइगर अवतारमा प्रस्तुत छन्।

कमेन्ट गर्नुहोस्