फिल्म । आज शुक्रबार एकमात्र नेपाली फिल्म ‘ह्यारी कि प्यारी’ प्रदर्शन भएको छ। साम्राज्ञी राज्यलक्ष्मी शाह र जितु नेपालको मुख्य भूमिका रहेको फिल्म इमोसनल, कमेडी, सन्देशले भरिपूर्ण छ। डाक्टर कपिल रिजालको कथा तथा निर्देशनमा तयार भएको फिल्ममा जितु र साम्राज्ञीसँगै विजय बराल, लक्ष्मी गिरी, सुवास गजुरेल, नरेश पौडेल, रञ्जना भट्टराई, समीक्षा पौडेल, रमेश अधिकारी, डिल्लीराम खनाललगायतका कलाकारको अभिनय हेर्न सकिन्छ ।सुदिप बरालको छायांकन निर्देशनमा तयार भएको यो फिल्ममा अर्जुन जीसीको सम्पादन, कविराज गहतराजको कोरियोग्राफी रहेको छ ।
फिल्मलाई प्रिमियरमा हेरेका कलाकारले उत्कृष्ट रहेको प्रतिक्रिया दिएका थिए। मदन कृष्ण श्रेष्ठ,दीपाश्री निरौला, केदार घिमिरे, किरण केसी, शिवहरि पौडेल, सन्तोष पन्त, रमेश उप्रेती निर्देशक ज्ञानेन्द्र देउजा, निर्देशक आकाश अधिकारी,कमेडियन हिमेश पन्त गायक यश कुमार लगायतले प्रिमियरमा फिल्म हेरेपछि दर्शकलाई हलसम्म आउन निम्तो गरेका थिए। ‘यहाँ बडी भएको जिउडाल मिलेको हिरो भन्दा पनि मन भएको हिरो छ। मलाइ फिल्म मन पर्यो’,अभिनेता सन्तोष पन्तले भने ।
फोटो सौजन्य : सुरेन्द्र थापा ‘स्माइल’










