चलचित्र पत्रकारिता सम्बन्धी कार्यशाला माघ १३ र १४ मा हुँदै

फिल्म । चलचित्र पत्रकार संघ नेपालले दुई दिने कार्यशालाको आयोजना गर्ने भएको छ। काठमाडौंस्थित चलचित्र विकास बोर्डको सभाहलमा आयोजना हुने दुई दिने ‘कार्यशाला तथा गोष्ठी’ माघ १३ र गते चल्नेछ। महोत्सवमा झविन्द्र भुषालले आचारसहिंता, रङ्ग पत्रकार कृष्ण भट्टराईले पत्रकारिता हिजो र आज, फोटो पत्रकार विकास रौनियारले फिल्म फोटो पत्रकारिता, निर्देशक प्रकाश सायमीले फिल्मको इतिहास र समीक्षा, छायाँकार विष्णु कल्पितले दृश्य भाषा र लेखन, प्रस्तोता नरेश भट्टराईले प्रस्तोता प्रस्तुती सम्बन्धी क्लास दिनेछन् ।

दुई दिने कार्यशालाले पत्रकारिता गरिरहेका र सुरू गरेका दुवैलाई लाभ दिने संघका अध्यक्ष दिनेश सिटौलाले बताए । ‘हाम्रो उदेश्यनै विभिन्न माध्यममा रहेर पत्रकारिता गरिरहेकालाई अझै दक्ष बनाउनु हो । हामी आफ्नो सदस्यको क्षमता अभिवृद्धिका लागि विभिन्न कार्यक्रम गरिरहेका हुन्छौँ’, अध्यक्ष सिटौलाले भने । कार्यशालामा शाखाबाटसमेत सहभागिता रहने संगठन उपाध्यक्ष कुवेर डंगोलले जानकारी दिए । उनले मोफसलमा रहेर रङ्ग पत्रकारिता गरिरहेकालाई यस किसिमको कार्यशालाले क्षमता बढाउन मदत गर्ने विश्वास व्यक्त गरे ।

संघकै कार्यक्रम उपाध्यक्ष जीवन पराजुलीले कार्यशालाको सम्पूर्ण तयारी पुरा भएको जानकारी दिए । ‘हामीले सम्पूर्ण तयारी पुरा गरिसकेका छौं । यसपटक काठमाडौंमै आयोजना गरिएको कार्यशालामा भिन्न भिन्न माध्यममा रहेर पत्रकारिता गरिरहेकालाई उपयोगी हुने कक्षा तथा गोष्ठीको आयोजना गरेका छौं”, उपाध्यक्ष पराजुलीले भने । कार्यक्रममा पुर्व अध्यक्षहरू विदुर गिरी, शान्तिप्रियले सङ्घको महत्व र आवश्यकताको विषयमा छलफल गर्नेछन् । यसको सहजकर्ताको रुपमा पत्रकार डब्बु क्षेत्री रहेकाछन् ।

कमेन्ट गर्नुहोस्