सकियो ‘प्रसाद २’को छायांकन

फिल्म । प्रसादको सिक्वेल ‘प्रसाद २’ को छायांकन सकिएसँगै यसको प्रदर्शन मिति तय गरिएको छ । फिल्म आउँदो नयाँवर्ष अर्थात् विक्रम संवत २०८० को बैशाख १ मा प्रदर्शन हुनेछ । कास्कीको माछापुछ्रे गाउँपालिकामा एक महिना एक दिनमा फिल्मको ‘इन्ड-क्ल्याप’ भएको हो। एस.जी फिल्मस् र सुलभ थापा प्रोडक्शनको ब्यानरमा निर्माण भएको फिल्ममा सुदर्शन बस्नेतको लगानी रहेको छ भने यसका कार्यकारी निर्माता सुवास थापा हुन् ।

सुदर्शन थापाको निर्देशन रहेको फिल्ममा विपिन कार्की, केकी अधिकारी,अर्पण थापा, महेश त्रिपाठी, कमलमणी नेपाल, प्रकाश घिमिरे, विशाल पहाडी, निमा पाण्डे लगायतको अभिनय रहेको छ । ‘फिल्म नयाँ वर्षमा प्रदर्शन गर्ने तय भएको छ। यसको अघिल्लो भाग झैँ सिक्वेलले दर्शकको माया पाउनेमा विश्वस्त छौँ’, निर्देशक थापाले भने।

यसमा राजेश श्रेष्ठको छायांकन, राजनराज सिवाकोटीको संगीत, उत्तम न्यौपानेको ध्वनी मुद्रण, रंग पत्रकार सुशिल पौडेलको लेखन रहेको छ। फिल्मको प्रोडक्सन कोर्डिनेटरको काम मनोज केसीले गरेका हुन्। ‘अपेक्षीत समयमा नै छायांकन सकिएको छ। यसलाई नयाँ वर्षमा दर्शकले हेर्न पाउनु हुनेछ’, प्रोडक्सन कोर्डिनेटर केसीले भने।

कमेन्ट गर्नुहोस्