फिल्म । फ्राइडे फिल्म अन्तर्गत प्रदर्शनमा आएको फिल्म ‘डिसेम्बर फल्स’ ले ठीकठाकै सुरूवात गरेको छ । यद्दपि फिल्मको पहिलो दिनको तुलनामा दोस्रो दिन शो बढेको छ । देशकै ठुलो मल्टिप्लेक्स चेन क्युएफएक्समा यसले शुक्रबार २१ शो पाउँदा शनिवार ३० शो पाएको छ । यसले सुखद सुरूवात भने गरेको छ । प्रवीण झाको निर्देशन रहेको फिल्ममा आर्यन सिग्देल, उपासना सिंह ठकुरी, नरेश भट्टराई, सलोन बस्नेत,शिवहरि पौडेल,नागेन्द्र रिजाल,शिसिर राणालगायत कलाकारको अभिनय रहेको छ । प्रेम, द्वन्द्वको मिश्रण रहेको फिल्ममा नर्ससँग प्रेम भएपछि आउने उतारचढाव देखाईएको छ ।
‘दर्शकले हेर्न चाहेको फिल्म लिएर आएको छु’, आर्यनले भने,’पूर्ण व्यावसायिक फिल्ममा हासो, रोदन, प्रेम, द्वन्द्व सबै छन् ।’ फिल्ममा नर्सको भूमिका निर्वाह गरेकी उपासनाले कथावस्तु नयाँपुस्तालाई मन पर्ने विश्वास व्यक्त गरिन् ।
रामप्रसाद रिजालले निर्माता फिल्म रिजाल एन्ड रिजाल प्रोडक्सनको ब्यानरमा निर्माण भएको हो भने यसमा कार्यकारी निर्माता लक्ष्मण रिजाल र असिम काफ्ले छन् । यसमा विपिका खनालको कथा, केदार भुषाल र प्रतिक पौडेलको पटकथा तथा संवाद, बनिष शाहको सम्पादन, श्री श्रेष्ठको द्वन्द्व निर्देशन, कविराज गहतराज, रामजी लामिछाने, शिशिर खाती र प्रविण सिंहको कोरियोग्राफी छ ।













