टेलिभिजनमा आउँदै तीन रियालिटी शो

टिभी । स्पेस फोर के टेलिभिजनले तीन रियालिटी शो घोषणा गरेको छ। टेलिभिजनले बालबालिकाको नृत्य शो ‘जस्ट डान्स लिटिल मास्टर्स’, युवाको लागि गायनमा र्‍याप स्टार’ र डेटिङ गेम शो ‘फस्ट डेट’ घोषणा गरेको हो। काठमाडौंमा पत्रकार सम्मेलन गर्दै टेलिभिजनले एकैसाथ तीनवटा रियालिटी शो आउने जानकारीसहित निर्णायक, निर्देशक र टिमको बारेमा जानकारी दिएको थियो ।

र्‍यापर गिरिश खतिवडा, सन्दिप बिस्ट अर्थात् मिस्टर डी र अभिजित भण्डारी एजेले र्याप शो जज गर्नेछन् । जस्ट डान्स लिटिल मास्टर्समा नायिका सञ्चिता लुईटेल, कोरियोग्राफर प्रदीप लामा, वलिउडमा काम गरेर चर्चा कमाएका हिपहप डान्सर प्रकाश बिके रहेका छन ।

यस्तै, डेटिङ शो ‘फस्ट डेट’का क्रियटर तथा प्रोजेक्ट हेड रेमन्ड दास श्रेष्ठ, क्रियटिभ हेड सन्जीप रत्न शाक्य र निर्देशक नेपालकै कान्छा रियालिटी शो निर्देशक आश्वीन न्यौपाने रहेका छन्।टेलिभिजनका अध्यक्ष डा. दिनेशकुमार शाहीले लुकेर रहेका प्रतिभा क्षमतालाई अन्वेषण गर्ने र त्यस्ता क्षमतालाई स्थापित गरेर देशमा सकारात्मक सन्देश फैलाउन रियालिटी शो ल्याइएको जानकारी दिए । र्‍याप शो पुस महिनादेखि,’फस्ट डेट’ १४ फेब्रुअरी आर्थत प्रणय दिवसलाई लक्षित गरेर प्रशारण हुँदैछ भने अन्य शो वैशाखमा प्रदर्शन हुनेछ ।

कमेन्ट गर्नुहोस्