फिल्म । अभिनेता आर्यन सिग्देल अभिनित फिल्म ‘डिसेम्बर फल्स’ को टिजर सार्वजनिक भएको छ । फिल्ममा आर्यनको प्रेमीकाको रुपमा देखिदैछिन्,अहिलेको सर्वाधिक सफल हिरोइन उपासना सिंह ठकुरी । आर्यन र उपासना पहिलोपटक अभिनीत ‘डिसेम्बर फल्स’ बर्षकै प्रतिक्षित फिल्मका रुपमा रहेको छ । पुस १५ गते देशब्यापी प्रदर्शनमा आउने तयारीमा रहेको फिल्मको सार्वजनिक टिजरले दर्शकको अपेक्षा झनै बढाएको प्रतिक्रियाहरू कमेन्टमा प्राप्त छ ।
सार्वजनिक टिजरमा आर्यन र उपासनासँगै सलोन बस्नेत, नरेश भट्टराई लगायत फिचर्ड छन् । भारतीय फिल्म उद्योगमा कार्यरत निर्देशक प्रवीण ओझाको निर्देशन र महेश आर गुप्ताको छायांकन रहेको फिल्मलाई युवानिर्माता रामप्रसाद रिजालले निर्माण गरेका हुन् । रिजालले यसअघि ‘वान डे’, ‘कसम’,धुवाँ यो नशा’ र ‘कायरा’ निर्माण गरिसकेका छन् । ‘डिसेम्बर फल्स’ उनको पाँचौ फिल्म हो ।
फिल्ममा पौडेल,नागेन्द्र रिजाल,शिसिर राणालगायत कलाकारको अभिनय रहेको फिल्म रिजाल एण्ड रिजाल प्रोडक्शनको ब्यानरमा निर्माण भएको हो । रामप्रसाद रिजालको प्रस्तुति,लक्ष्मण रिजाल र असिम काफ्ले कार्यकारी निर्माता रहेको फिल्मको निर्मातामा रामप्रसाद रिजाल र राजकुमार भट्ट छन् । बिपीका खनालको कथा,केदार भुसाल र प्रतिक पौडेलको पटकथा÷सम्वाद रहेको फिल्म बनिष शाहले सम्पादन गरेका हुन् । दीपक शर्मा,कोसिस क्षेत्री,सुुसान्त गौतम र प्रतिक पौडेलको संगीत, कविराज गहतराज, रामजी लामीछाने,शिसिर खाती र प्रवीण सिंहको कोरियोग्राफी तथा श्री श्रेष्ठको द्धन्द्ध निर्देशन रहेको फिल्मलाई श्रीराम बालाजी फिल्मस्का सुनील मानन्धरले बितरण गर्दैछन् ।










