एलिना भन्छिन् ,‘आरजुको व्यक्तित्वले प्रभावित भएँ’

संगीत। गायिका एलिना चौहानले आफूलाई नेपाली कांग्रेस नेतृ आरजु राणा देउवाको व्यक्तित्वले प्रभावित बनाएको बताएकी छिन् । मंगलवार साँझ टिकटकमा एक भिडियो अपलोड गर्दै उनले कलाकार र उनीहरूको भविष्यको विषयमा नेपाली कांग्रेसले जारी गरेको सङ्कल्पपत्रमा बुँदाहरू मन परेको बताएकी थिइन् । गत आइतबार साँझ प्रधानमन्त्री कार्यालयमा प्रधानमन्त्री शेरबहादुर देउवा र उहाँकी पत्नी राणासँग अन्तरक्रिया गरेपछि आफू प्रभावित भएको गायिका चौहानले जनाएकी छिन् ।

‘मिडियामा आएकै समाचारहरूको कारण मैले बुझेको भन्दा आरजु म्याम फरक पाएँ । उहाँको सरलता र कलाकार प्रतिको सम्मान र आगामी योजनाले हामीलाई हौसला मिलेको छ । यसकारण पनि उहाँ र उहाँको पार्टीले आगामी पाँच वर्ष सरकारको नेतृत्व गर्नुपर्छ भन्ने लाग्यो’, गायिका चौहानले भनेकीछिन् ।

आसन्न संघीय तथा प्रदेशसभा सदस्यको निर्वाचनमा ‘बोल्नेलाई हैन काम गर्नेलाई भोट गरौं, हाम्रोलाई हैन राम्रोलाई भोट गरौं भन्दै गायिका चौहानले कांग्रेसलाई मत मागेकी छिन् । सामाजिक सञ्जाल टिकटकमा एक भिडियो सेयर गर्दै चौहानले कांग्रेसले कलाकारको लागी देखाएका प्रतिवद्धतामा आफु सन्तुष्ट रहेको बताएकी हुन् ।

@eleena_chauhan55 yaspali chunab ma bolne lai haina kam garne lai vote garau, hamro lai haina ramro lai vote garau #votewisely #election2079_nepal ♬ original sound – Eleena chauhan
कमेन्ट गर्नुहोस्