झिँगेदाउको ‘आमा’ गीत सार्वजनिक (भिडियो)

फिल्म । सफलताका साथ प्रदर्शन भइरहेको फिल्म ‘झिँगेदाउ’ को नयाँ गीत सार्वजनिक भएको छ । ‘आमा’ शिर्षकको सार्वजनिक गीत फिल्ममा महत्वपूर्ण छ । फिल्मको कथासार बाहिरिने भएकाले निर्माण टिमले यसलाई प्रदर्शन पश्चात सार्वजनिक गरेको हो । गीतमा प्रमोद ढुंगानाको शब्द , अर्जुन पोखरेलको संगीत र विश्व नेपालीको स्वर रहेको छ । गीतको भिडियोमा मुख्य कलाकारहरु फिचर्ड छन् ।

गीतमा दुई छोरा छुटिएको र आमा एक्लो भएको प्रसंग छ । आमा एक्लो भएपछिको वेदना गीत मार्फत व्यक्त गरिएको छ । हलमा फिल्म हेरिरहँदा यो गीतले प्राय दर्शकको आँखामा आँसु ल्याउछ । ‘क्लिन हिट’ भएपछि यसको डिमाण्ड डायस्पोरामा बढ्दो छ । फिल्म नत कुनैको सिक्वेल हो , न यसमा ठुला स्टार छन् , निर्देशकले झन्डै ७ वर्ष पश्चात कमब्याक गरेका छन् । यसैले गर्दा यस फिल्मलाई ‘क्लिन हिट’ भनिएको हो ।

बलियो ‘वर्ड अफ माउथ’ले फिल्मको व्यापार बढाएको हो । एक परिवारभित्रको कथामा निर्माण भएको यस फिल्ममा केकी अधिकारी, मुकुन भुषाल, आँचल शर्मा, कुशल विष्ट, हिँउवाला गौतम, संगम भण्डारी, विजय देउजा, आर्यन खड्का, अभय बराललगायतको अभिनय रहेको छ । स्वर्गीय भीमनिधि तिवारीको कृति ‘झिँगेदाउ’ लाई प्रदीप भारद्वाजले पटकथा मार्फत फिल्मको स्वरूप दिएका हुन् ।

कमेन्ट गर्नुहोस्