चरित्र बच्ने नयाँपुस्ता

फिल्म । ओभर दी टप अर्थात् ओटीटीको लोकप्रियता बढेसँगै कलाकारहरु आफ्नो भूमिकालाई लिएर गम्भीर देखिन थालेका छन् । गेटअपमा मात्र परिवर्तन ल्याउने कलाकारहरु चरित्रमा बाच्न थालेका छन् । भूमिकालाई बुझ्न भाषा सिक्ने , स्थानीयसँग घुलमिल हुने , अध्यन गर्ने शैली अधिकाँसमा देखिन थालेकोछ । प्राय फिल्ममा अभिनय उस्तै भएपछि ‘टाइप कास्ट’ को आरोप खेपिरहने नयाँपुस्ता मेहनती भइरहेका छन् । सौगात मल्ल , दयाहाङ राई , विपिन कार्कीहरुलाई रकमी बनिरहेको आरोप लागिरह्दा नयाँपुस्ता भने चरित्र निर्माणमा मेहनत गरिरहेका छन् । अनमोल केसीले ‘अभिनय गर्न नजानेको’ प्रश्नको सामना गरिरहेका हुन्छन् । उनी अभिनित फिल्महरुले निर्मातालाई राम्रै मुनाफा दिएपनि समीक्षकलाई सन्तुष्ट पार्न सकेको छैन ।

अभिनयमा कम्जोर रहेको प्रतिक्रिया पाइरहने अनमोल ‘छड्के २’ मा चरित्र निर्माणमा मेहनती देखिएका छन् । उनले वर्कशपमै डेढ महिना समय विताए । यति लामो समय भूमिकालाई लिएर उनले संवत पहिलोपटक तयारी गरेका हुन् । ‘लभरब्वाई’ को स्वरूप बदल्न ‘कृ’मा द्वन्द्व गरेता पनि चरित्र जीवन्त नदेखिएको प्रतिक्रिया पाएपछि उनले कलात्मक फिल्ममा अभिनय गर्ने सोच बनाए । ‘धुपौरे’ उनले सम्झौता गरेर पनि आन्तिक कारणले छाडे । अनमोल अहिले निगम श्रेष्ठको निर्देशनमा तयार भइरहेको फिल्ममा ग्यांगस्टरको भूमिकामा छन् । व्यसायिक रुपमा सफलता पाइरहेता पनि कलाकारिता देखाउन नसकेको गुनासोलाई मेट्न उनी प्रयाशरत छन् ।

‘एउटा स्टारले क्यारेक्टरलाई एडप्ट गर्न देखाएको मेहनत प्रशंसनीय छ’ निर्देशक श्रेष्ठले भने । अनमोल झैँ खोजिने अभिनेता प्रदीप खड्काले अभिनय गरेको फिल्म ‘प्रकाश’ गत भदौमा प्रदर्शन भएको थियो । व्यसायिक सफलता नपाएता पनि आफूलाई स्टारडमको छायाँबाट उनले बाहिर ल्याए । जुम्ली युवक बन्न रंगकर्मी अनुप बरालसँग प्रशिक्षण लिनुभयो । काठमाडौंमै खाली खुट्टा हिड्ने , भाषा सिक्ने गर्नुका साथै छायांकन अगाडी नै जुम्ला पुगेर स्थानीयसँग घुलमिल समेत हुनुभयो । उनलाई चरित्रमा ल्याउने श्रेय निर्देशक दिनेश राउतलाई जान्छ । ‘प्रदीपले अभिनय गरिरहनु भएको फिल्म र रुचीमा फरक पाएँ । उहाँ भित्र देखेको कलाकारितालाई बाहिर ल्याउने प्रयाश गरेको हुँ’ निर्देशक राउतले भन्नुभयो ।

‘झिँगेदाउ’ मा गाउँले युवतीको भूमिकामा देखिनु भएकी अभिनेत्री आँचल शर्मा मेहनतले सार्थकता पाएको बताउनु हुन्छ । ‘मैले कृति पढेपछि गाउँले भूमिकामा अभिनय गर्न तयार भएकी हुँ । मेरो लागि नयाँ भएकोले सुरुवाती समयमा कठिन भएपनि मैले सक्दो मेहनत गरें’ उहाँले भन्नुभयो । ‘बाबरी’ फिल्ममा धिरज मगरले पुरानो छवि हटाउनु भयो । ‘म स्टार नभई कलाकार बन्न आएको हुँ । त्यसैले पूर्वेली बनेको हुँ’ धिरजले भन्नुभयो । गत भदौको पहिलोसाता प्रदर्शन भएको फिल्म ‘कृष्ण लीला’ मा अभिनेता पुष्प खड्काले अटिजम पिडित युवाको भूमिका निर्वाह गर्नुभयो । उहाँले यसको लागि अटिजम पिडितलाई भेटेर, बुझेर अभिनय गर्नु भएको थियो ।

कमेन्ट गर्नुहोस्