फिल्म । शुक्रबारबाट प्रदर्शनमा आएको फिल्म ‘सम्हालिन्छ कहिले मन’ लाई दर्शकले रुचाएका छन् । प्रदर्शनकै दिन दर्शकको साथ् प्राप्त फिल्मको प्रतिक्रिया लिन हल पुगेका कलाकारहरु आकाश श्रेष्ठ , पूजा शर्मा र सोनाम तोप्देन उत्साहित छन् । आकाश र पूजाको केमेष्ट्रीसँगै डेब्यु अभिनेता सोनामको कामलाई पनि दर्शकले रुचाएका छन् । सुदर्शन थापा निर्देशित फिल्म त्रिकोणात्मक प्रेम कथामा आधारित छ ।
आज बिहान बीग मुभिजमा फिल्म हेरेर फर्किएका दर्शकले कलाकारसँग साक्षात्कार गर्दै क्लाइमेक्सले रुवाएको भन्दै यसको सिरिज बनाउनुपर्ने माग गरे । सुगम पोखरेलद्वारा सिर्जित सुपरहिट गीत ‘सम्हालिन्छ कहिले मन’को सिनेम्याटिक संस्करण फिल्म ‘सम्हालिन्छ कहिले मन’ प्रदर्शनरत छ । सुदर्शन थापा निर्देशित फिल्ममा पूजा शर्मा, आकाश श्रेष्ठ र सोनम तोप्देन मुख्य भूमिकामा छन् ।त्रिकोणात्मक प्रेम भाव प्रस्तुत गर्ने फिल्मको दृश्यलाई बेलायतको रमणीय स्थानमा कैद गरिएको छ । फिल्ममा सरोज खनाल, धीरेन शाक्य र गौरी मल्लको समेत मुख्य भूमिका छ । एबी इन्टरनेसनलको प्रस्तुतिमा भिक्टर सिनेमा लिमिटेडले फिल्म निर्माण गरेको हो ।
कन्टेनसँगै मेकिङ पनि बलियो हुनुपर्ने बताउने निर्देशक थापाले यसमा बेलायतको रमणीय दृश्यलाई कैद गर्न कन्जुस्याइँ गरेका छैनन् । ‘नेपालमा बन्ने सबै फिल्म नेपालीपन बोकेका , नेपाली कथाकै हो । हामीले एकथरी फिल्मलाई मात्र नेपाली माटो सुहाउँदो भनेर व्याख्या गर्नु मलाइ ठिक लागेको छैन । हामीले मौलिक फिल्मलाई साँघुरो सोचका साथ् बनाउने भएकाले पनि दर्शक तानिनु भएको छैन’ उनले भने । सुदर्शन कन्टेन र मेकिङ्ग दुवै पक्ष बलियो हुनुपर्नेमा जोड दिन्छन । उनी दुवै पक्ष बलियो भए मात्र स्तरीय फिल्म दर्शकले पाउने बताउछन् ।













