संगीत । गायिका सुमिता राईको दास्रो म्युजिक एल्बम ‘नयना’ बिमोचन भएको छ । केही दिन अगाडी राजधानीमा आयोजित एक कार्यक्रमका बिच वरिष्ठ कलाकार तथा पाइलट विजय लामा, चलचित्र बिकाश बोर्डका पुर्व अध्यक्ष राजकुमार राई, वरिष्ठ गायक उदय सोताङ, चर्चित निर्देशक मिलन चाम्स, निर्माता ज्योतिराज राई लगायतले सामुहिक रुपमा ‘नयना’ एल्बम बिमोचन गरेका थिए ।
एल्बम बिमोचनपछि ‘नयना’ एल्बममै समावेश ‘यो पल’ बोलको गीतपनि सार्वजनिक गरिएको थियो । यसगीतको शब्द तथा संगीत उदय सोताङको रहेको छ, भने कृष्ण लिम्बुको एरेञ्ज रहेको छ । यो म्युजिक भिडियोलाई चर्चित निर्देशक मिलनले निर्देशन गरेका हुन् । यो म्युजिक भिडियोमा गायिका स्वयंम सुमिता, उनका श्रीमान् खरुन राई र छोरी नयना राईले अभिनय गरेका छन् ।
५ गीत समावेश एल्बममा ‘यो पल’, ‘फुल झै’, ‘फिका फिका’ र सुख खुशी बोलको गीतहरु रहेका छन् । सबै गीतहरुमा सुमिताको स्वर रहेको छ, भने डोएट गीतहरुमा चर्चित गायक प्रमोद खरेल, गायक रुक्मान लिम्बु र बाल गायिका मिन्छाम्मा राईले साथ दिएका छन् । एल्बममा उदय सोताङ, तारा प्रकाश लिम्बु, गंगाराज राई र खरुन राईको संगीत रहेको छ भने उदय, मुकेश राई, हेमकला किराती र कुमार इश्बोको शब्द रहेको छ । एल्बमको गीतहरुमा कृष्ण लिम्बु, साहस शाक्य, सबिन लिम्बु, राजु कार्की र फनिन्द्र राईको एरेञ्ज रहेको छ ।











