तीज म्युजिक अवार्डको नवौं संस्करण सम्पन्न

संगीत । छायाँछवि क्रियसनको प्रस्तुतिमा ‘नवौं छायाँछवि तीज म्युजिक अवार्ड –०७९’ सम्पन्न भएको छ । शुक्रबार काठमाडौंमा सम्पन्न भएको कार्यक्रममा गीत संगीत क्षेत्रमा सक्रिय व्यक्तित्वहरुको उत्साहजनक सहभागिता रहेको थियो । विषेश गरी हिन्दु नारीहरुको महान पर्वका रुपमा परापुर्वक काल देखिनै हर्षोउल्लासका साथ मनाउँदै आएको हरितालीका तीजको पुर्व सन्ध्यामा कला क्षेत्रमा लागेका स्रष्टा तथा सर्जकहरुलाई थप हौसला प्रदान गर्दै एक आपसमा माया एवं सद्भाव फैलाउने उद्देश्यका साथ विगत नौं वर्ष देखि निरन्तर रुपमा छायाँछवि तीज म्युजिक अवार्डको आयोजना हुँदै आईरकेको छ ।

कलाकारिताका माध्यमबाट हाम्रो मौलिक संस्कृतिको जगेर्नाका निम्ति योगदान पुर्याउने स्रष्टा एवं सर्जकहरुलाई सम्मान स्वरुप दर खुवाउनुका साथै सांस्कृतिक प्रस्तुति सहित तीज अवार्डको समापन हुँदै आएको छ । मौलिक सांस्कृतिक पर्व तीजलाई मनोरञ्जनको भन्दा पनि संस्कृतिको प्रवर्द्धनमा अवार्डले जोड दिदै आएको छाँयाछवि तीज म्युजिक अवार्डका अध्यक्ष शान्तिप्रियले बताए ।

कार्यक्रममा वरिष्ठ फिल्मकर्मी मोहन निरौला, निर्माता तथा वितरक प्रदिपकुमार उदय, गोपालकाजी कायस्थ, निर्देशक नवल नेपाल, नायक गजित विष्ट, लेखक÷निर्देशक ओम प्रतिक, संचारकर्मी जयन सुब्बा मानन्धर, नायिका ममता प्रधान, संचारकर्मी एवं गीतकार डब्बु क्षेत्री, प्राज्ञ एवं संगीतकार ज्योति प्रकाश, चलचित्र प्राविधिक संघका अध्यक्ष पुष्कर लामा, चलचित्र निर्देशक माधव राज खरेल, अभिनेता मोडल सागर घिसिङ, अभिनेता श्रीदेव भट्टराई लगायतको सहभागीता रहेको थियो ।

सो अवसरमा छायँछवि तीजको कार्यक्रममा नियमित रुपमा प्रदान गर्दै आएको छायाँछवि तीज रंगपत्रकारिता पुरस्कारबाट पत्रकार दीपज्योती थापालाई पुरस्कृत गरिएको थियो । थापालाई नगद रु. ५ हजार ५ सय ५५ सहित प्रमाणपत्र एवं दोसल्लाले सम्मान गरिएको थियो । त्यस्तै छायाँछवि तीज नारी सम्मानबाट खेलाडी तथा कलाकार नन्दा बस्याल, गीतकार सामना शाह सम्मानित भएका थिए भने सामाजिक सेवा सम्मानबाट समाजसेवी लक्ष्मण मल्ल र नेपाल कपडा तथा सिलाई व्यवसायी महासंघका अध्यक्ष रामकृष्ण श्रेष्ठलाई सम्मान प्रदान गरिएको थियो ।

नवौं छायाँछवी तीज म्युजिक अवार्ड –२०७९का विजेताहरु

उत्कृष्ट तीज गीत ध्वनी मुद्रण

दीप घतानी : सिउँदोमा सिन्दुर

उत्कृष्ट तीज गीत एरेञ्जर

सुदिप सागर : माइतीको आगन

उत्कृष्ट मौलीक तीज गीत एरेञ्जर

दिनेश लामा : रेशमी सारी

उत्कृष्ट तीज गीत मोडल (पुरुष)

समुन्द्र बाग्ले : झम्म झम्म साइली

उत्कृष्ट तीज दोहोरी गीत सम्पादक

विनोद बम : नाचि देउ पातली

उत्कृष्ट तीज गीत सम्पादक

विकाश दाहाल : खर्च माग्दीन

उत्कृष्ट तीज गीत छायांकार

अजय रेग्मी : झम्म झम्म साइली

उत्कृष्ट मौलीक तीज गीत छायांकार

बज्र ङ्यासुर : छुनुमुनु गर्दै

उत्कृष्ट तीज गीत नृत्य निर्देशक

सुमन सागर जंग के.सी. : तीज आयो भन्दा

उत्कृष्ट मौलीक तीज गीत नृत्य निर्देशक

देवेन्द्र पाण्डे : खर्च माग्दीन

उत्कृष्ट तीज दोहोरी गीत भिडियो निर्देशक

मनिष पन्थ : माइतीको आगनी

उत्कृष्ट तीज गीत भिडियो निर्देशक

नारायण रिवाल : छम्म छम्म नाचौं

उत्कृष्ट मौलीक तीज गीत भिडियो निर्देशक

हेरुका लामा : छुनुमुनु गर्दै

उत्कृष्ट तीज गीत मोडल

उषा खनाल : दर्पण छायाले

उत्कृष्ट मौलीक तीज गीत मोडल

शुशिला थापा : लै लै तीजै आयो

उत्कृष्ट तीज गीत दोहोरी शब्द

हेमनाथ खरेल : हिउँचुली हेरी हेरी

उत्कृष्ट तीज गीत शब्द

सिन्धु जलेशा : लै लै तीजै आयो

उत्कृष्ट तीज मौलिक गीत शब्द

प्रवल विष्ट : माइती देशको सम्झना

उत्कृष्ट सन्देश मुलक तीज गीत शब्द

राजकुमार बगर : छोरी

उत्कृष्ट तीज दोहोरी गीत गायक

राजु परियार : बादलु लाएर

उत्कृष्ट तीज गीत नव–गायिका

शोभा कार्की : दर्पण हेर बाटुली

उत्कृष्ट तीज युगल गीत

सकुना श्रेष्ठ र मञ्जु उपासना : तीजको लहर

उत्कृष्ट तीज दोहोरी गीत लय

रञ्जीत परियार : औधि राम्री छौं उत्कृष्ट तीज गीत लय

राकेश सोनी : छुनुमुनु गर्दै

उत्कृष्ट मौलीक तीज गीत लय

सन्तोष श्रेष्ठ : माइती देशको सम्झना

उत्कृष्ट तीज दोहोरी गीत गायिका

प्रतिक्षा वाग्ले : झम झम साइली

उत्कृष्ट तीज दोहोरी मौलिक गीत

सहिमा श्रेष्ठ : यानी मै

उत्कृष्ट तीज गीत गायिका

विन्दु वि.सी. : छुनुमुनु गर्दै

उत्कृष्ट मौलिक तीजगीत गायिका

कोपीला गौतम : नाचौं छम्छम् उत्कृष्ट मौलिक तीज गीत

माण्डवी त्रिपाठी : बाबाले सारेको

उत्कृष्ट तीज गीत जुरी अवार्ड

शर्मिला श्रेष्ठ

उत्कृष्ट तीज गीत गायिका जुरी अवार्ड

अञ्जु श्रेष्ठ

उत्कृष्ट तीज गीत भिडियो निर्देशक डायस्पोरा

सुमन दाहाल

उत्कृष्ट मौलिक तीज गीत नव मोडल

लक्ष्मी जोशी

उत्कृष्ट तीज दोहोरी गायिका जुरी अवार्ड

शोभा जिसी

उत्कृष्ट तीज दोहोरी गायिका इन्करेज्मेन्ट

सिर्जना केसी

कमेन्ट गर्नुहोस्