फिल्म । ज्ञानेन्द्र देउजा निर्देशित फिल्म ‘झिँगेदाउ’को नयाँ गीत ‘टल टल टल टलक्कै’ रिलिज भएको छ । सार्वजनिक गीतमा एक नारायण भण्डारी र दिनेश राज पुरीको शब्द रचना, अर्जुन पोखरेलको संगीत र अन्जु पन्त र सुरेश लामाको स्वर छ । यसगीतमा केकी अधिकारी र मुकुन भुषालको विवाह माहोलमा खिचिएको गीतमा आँचल शर्मा र कुशल विष्टले कम्मर मर्काएका छन् । भिडियोमा आँचल र कुशलबीचको प्रेम अङ्कुराएको देख्न सकिन्छ । गीतको भिडियो कोरियोग्राफी रामजी लामिछानेले गरेका छन् ।
प्रदीप भारद्वाजको पटकथा रहेको फिल्ममा केकी अधिकारी, मुकुन भुषाल, हिउँवाला गौतम, संगम भण्डारी, विजय देउजा, आयन खड्का, अभयराज बराललगायतका कलाकारहरुको अभिनय छ । यो सिनेमा भदौ १७ देखि सार्वजनिक प्रदर्शनमा आउदैछ ।
भीमनिधि तिवारीको कृति ‘झिँगेदाउ’मा आधारित फिल्मले दुई दाजुभाई र देउरानी-जेठानीको पारिवारिक झमेलाको कथा भन्छ । कपनगढी सिनेमा र फिल्म क्रु नेपालको व्यानरमा निर्मित फिल्ममा अर्जुन पोखरेलको संगीत, विष्णु घिमिरेको छायांकन, रोशन श्रेष्ठको एक्सन र मित्रदेव गुरुङको सम्पादन छ ।सुलभ प्रतिक देउजा र समिक्षा देउजाले निर्माण गरेको फिल्ममा सुशील दाहाल र इश्वर घिमिरेको सह – निर्माण छ ।











