फिल्म । केहि समय बलिउडमा फिल्महरू सफल हुन् सकेका छैनन् । एकपछि अर्को फिल्महरु असफल भइरहेका छन् । कोरोना भाइरसको महामारी पश्चात फिल्महरु आउने क्रम र फ्लप हुने क्रम उस्तै छ बलिउडलाई । कारण ओटीटी पनि मानिएको छ । फिल्म रिलिज भएको १६ हप्ता भित्रमा इन्टरनेट रिलिज हुने भएकोले पनि दर्शकले हलसम्म पुग्न जाँगर चलाएका छैनन् । पछिल्लो समय लगातार फ्लप फिल्मको स्वाद लिइरहेका अभिनेता मध्येका एक हुन् अक्षय कुमार ।
उनले पछिल्लो समय एक फिल्मको ट्रेलर रिलिजमा दर्शकको चाहना बुझ्न नसकेको स्वीकारेका छन् । ‘सायद हाम्रो मेहनत कम भइरहेको छ । मैले आफूलाई परिवर्तन गर्न सकिन जस्तो लाग्छ । फिल्म नचल्नमा गल्ती मेरै छ । मैले बुझ्नुपर्छ कि दर्शक के चाहन्छन् ? म आफ्नो तर्फबाट परिवर्तन हुन चाहन्छु । फिल्म फ्लप हुनुमा, म आफूलाई नै दोषी मान्छु’ अक्षयले भने ।
कमेन्ट गर्नुहोस्










