ऋचाले जितिन् अवार्ड

तस्बिर : ऋचा शर्माको फेसबुकबाट

फिल्म । अभिनेत्री ऋचा शर्माले टाइटन इन्टरनेसनल फिल्म फेस्टिभलमा अभिनेत्री विधा तर्फको अवार्ड जितेकी छिन् । उनले सर्ट फिल्म ‘ब्लड मनी’बाट उत्कृष्ट अभिनेत्रीको अवार्ड जितेकी हुन् । अवार्ड प्राप्त गर्नेहरुको नामावली घोषणा भएता पनि यो अवार्ड भने आउँदो डिसेम्बर १७ मा सिड्नीमा हुनेछ । ऋचाले साउदी अरबमा अपराधमा कसुरमा जेल सजाय भोग्न बाध्य श्रीमान्को श्रीमतीको भूमिका निर्वाह गरेकी छिन् । फिल्ममा अशोक तिमल्सिनाले पतिको भूमिका निर्वाह गरेका छन् । यो फिल्मका लेखक तथा निर्देशक पनि तिमल्सिना नै हुन् ।

साउदीमा अपराध गरेपछि क्षति हुने परिवारले मागे बराबर रकम दिने प्रक्रियालाई ब्लड मनी भनेर चिनिन्छ । त्यही रकम जुटाउन ऋचाको चरित्रले गर्ने संघर्षलाई फिल्मले मुख्य विषय बनाएको छ । अभिनेत्री मिथिला शर्माले आमाको भूमिका निर्वाह गरेकी छिन् ।

कमेन्ट गर्नुहोस्