फिल्म । झरना थापाले आफ्नो निर्देशनमा बन्ने चौथो फिल्म ‘भगवत गीता’ हुने घोषणा गरेकी छिन् । निर्देशक थापाले ‘ए मेरो हजुर’ सिरिज छाडेर नयाँ नाममा फिल्म बनाउन् लागेकी हुन् । कृष्ण जन्माष्टमीको अवसर पारेर सुहाना थापाको फस्टलुकसहित फिल्मको घोषणा गरिएको हो ।नामसँगै सुहाना थापा प्रडक्सनले प्रदर्शन मिति पनि घोषणा गरेको छ । फिल्म आउँदो वर्षको वैशाख १ गते फिल्म प्रदर्शन हुने उल्लेख छ ।सुनिलकुमार थापा निर्माता रहने फिल्मको धेरै अघि नै टिजर खिचिएको थियो ।
तर निर्माण टिमले कृष्णजन्माष्टमीको अवसर पारेर टाइटल टिजर सार्वजनिक गरेको हो । अन्तरजातीय प्रेम कथामा बन्ने फिल्ममा धिरज मगर रहने चर्चा चलिरहेता पनि निर्माण पक्षले केहि बताएको छैन । यस्तै, फिल्मको एउटा भूमिकाका लागि दयाहाङ राईसँग पनि कुरा भइरहेको चर्चा थियो । फिल्ममा सुहानाले गीताको भूमिका निर्वाह गर्नेछिन् । फिल्मलाई संजय लामाले खिच्ने छन् । फिल्मको छायांकन जनकपुरमा हुनेछ ।











