संगीत । विदेशमा रहेर पनि नेपाली कलासँग जोडिएर रहेका फाजिल अहमदले अभिनय गरेको नयाँ गीत सार्वजनिक भएको छ । हिन्दी भाषाको गीतलाई राज वर्मनले स्वर दिएका छन् । ‘जित्ना जिया है’ बोलको गीतमा राजु लामाको निर्देशन रहेको छ। विदेशमा अध्यनको लागि पुगेका फाजिल कला संस्कृतिसँग जोडिएका छन् ।
इटालीमा बसोबास गर्ने फाजिललाई गीतको भिडियोमा प्रतिष्ठा राउतले साथ् दिएकी छिन । नेपालको मकवानपुर घर भएका फाजिल २०१० सालमा अध्यनको शिलसिलामा लण्डन गएका थिए। पछिल्लो समय उनि इटालीको मिलान सहरमा बसोबास गर्दै आइरहेका छन् I
गीतमा आतिश जी जिन्देको शब्द र संगीत रहेको छ । यस अगाडी फाजिलले लोकप्रिय भारतीय कलाकार जुविन नौटियालको हम नभा मेरे बोलको गीतमा अभिनय गरिसकेका छन् ।
कमेन्ट गर्नुहोस्











