फिल्म । सर्वोच्च अदालतले चलचित्र विकास बोर्ड अध्यक्षमा भुवन केसीलाई नियुक्त गर्ने सरकारको निर्णयको सक्कल फाइल मागेको छ । नरेशकुमार पौड्यालसहितले केसीको नियुक्तिविरुद्ध दायर गरेको रिटमाथि सोमबार सुनुवाइ गर्दै न्यायाधीश प्रकाशमान सिंह राउतको एकल इजलासले सरकारको निर्णयको सक्कल फाइल मागेको हो ।
साथै बोर्डको अध्यक्षमा भुवन केसीलाई नियुक्ति गर्नुको कारण माग पनि मागेको छ । विकास बोर्डको अध्यक्षमा नियुक्तिका लागि केसीको शैक्षिक योग्यता नपुग्ने भन्दै अध्यक्षका अर्का दाबेदार पौड्यालसहित ५ जनाले गत शुक्रबार रिट दिएका थिए । उनीहरुले केसीलाई अध्यक्ष पदमा रही कामकाज गर्न रोक लगाउन अन्तरिम आदेश पनि माग गरेका थिए । तर सर्वोच्च अदालतले अन्तरिम आदेशबारे छलफलका लागि भदौ २ गते बिहीबार दुबै पक्षलाई बोलाएकोछ ।
कमेन्ट गर्नुहोस्










