फिल्म । सार्वजनिक दुई गीतको कारण चर्चामा रहेको फिल्म ‘बाबरी’ को नयाँ पोस्टर सार्वजनिक गरिएको छ । सार्वजनिक नयाँ पोस्टरमा धिरज नाडकर पनि देखिएका छन् । यसअगाडीको प्रचारप्रसारमा उनी समेटिएका थिएनन् । फिल्मको प्रचारप्रसार सामाग्रीमा योजना अनुसार नै धिरजलाई ल्याइएको निर्देशक सुरेन्द्र पौडेलले बताए । बलिउडमा समेत काम गरेको अनुभव संगालेका सम्पादक समेत रहेका पौडेलले फिल्म युवापुस्ताको कथामा केन्द्रीत रहेको बताए ।
सार्वजनिक पोस्टरले पनि फिल्म युवापुस्ताको प्रेम , मित्रता लगायतमा आधारित रहेको जनाउछ । फिल्ममा बादल भट्ट, कमणमणी नेपाल, उर्मिला बस्नेत, ध्रुव कोइराला, सुनिता श्रेष्ठ, नितेश गुरुङ, त्रिशला तामाङ, दीलिप गुरुङलगायतका कलाकारहरुको पनि अभिनय छ । भदौ ३१ गते प्रदर्शनमा आउने फिल्ममा कथा पनि निर्देशक पौडेलकै रहेको छ । यसमा कालीप्रसाद बाँस्कोटा,सुजन चापागाईं र अनमोल गुरुङको संगीत, नरेन्द्र मैनालीको छायांकन र एञ्जिला खत्री र विक्रम लामाको कोरियोग्राफी छ । बाबरी फिल्म्सको व्यानरमा निर्मित फिल्ममा गणेश बुढाथोकी र पुष्पालता बुढाथोकी निर्माता रहेका छन् ।












