फिल्म । साउथ इन्डियन अभिनेतामा ह्यान्डसमको ट्याग पाएका अभिनेता हुन् महेश बाबु । उनले फिल्ममा पाउने क्यारेक्टर भन्दा उनको सुन्दरताको चर्चा हुने गर्छ । उनले आफ्नो फेयरनेसलाई घट्न दिएका छैनन् । पछिल्लो समय पुष्पाले हिन्दी भाषामा राम्रो कलेक्सन गरेपछि साउथका एक्टरहरुको फिल्म हिन्दीमा पनि रिलिज भइरहेका छ । पहिले साउथमा रिलिज भएको केहि समयपछि डबिङ भएर आउने फिल्महरु अहिले सेमडेटमा हलमा आउने गरेका छन् ।
राम चरण , प्रभास , जुनियर एन्टीआर जस्ता अभिनेताले हिन्दीमा आफैँले स्वरांकन समेत गरेका छन् । यसबीच मुम्बईमा आयोजित एक कार्यक्रममा महेश बाबुलाई हिन्दी फिल्ममा डेब्यु गर्ने बारे प्रश्न गरियो । जवाफमा उनले आफुँलाई जरुरि नरहेको बताए । ‘मलाइ हिन्दी फिल्म खेल्नु पर्ने जरुरि छैन । म जहाँ छु , ठिक छु ‘ उनले भने । महेशको यो टिप्पणीले अहिले सामाजिक सञ्जाल तातेको छ । कसैले महेशलाई समर्थन गरिरहेका छन् भने कसैले अनावश्यक घमण्डी भनिरहेका छन् । महेशले आफ्नो पछिल्लो फिल्म मार्फत नर्थ इन्डियामा पनि राम्रो फ्यान बढाएका छन् । उनको फिल्मलाई डबिङमै पनि दर्शकले रुचाउने गरेका छन् ।












