हलिउड एक्टर सिल्भियो नेपाल आँउदै

फिल्म । हलिउड अभिनेता सिल्भियो सिमाक नेपाल आउने भएका छन् । एक्सन फर नेसन्सको आयोजनामा २६ मार्च २०२२ मा हुनगइरहेको महिला सशक्तीकरणका लागि आत्मरक्षा तालिम सञ्चालनका लागि उनि पहिलो पटक नेपाल आउन लागेका हुन् । भिडियो संदेश पठाउदै सिल्भियोले आफु हिमालयको देशमा आउन पाउँदा उत्साहित रहेको बताएका छन् । हलिउड एक्टरसँगै फिटनेस कोच र तेक्वान्दो मास्टर समेत रहेका सिल्भियोले प्रशिक्षणमा भेटघाट हुने विश्वास व्यक्त गरेका छन् । ‘म काठमाडौंमा महिला सशक्तिकरणका लागि आत्मरक्षा तालिम सञ्चालन गर्दैछु’ उनले भिडियोमा भनेका छन् ।

सिल्भियो मार्शल आर्टिस्ट र विश्व च्याम्पियन हुन् । उनले ज्याकी च्यान, जेट ली र अधिक जस्ता धेरै प्रसिद्ध अभिनेताहरूसँग अभिनय गरेका छन् । उनले डेड ओर अलाइभ , ट्रान्सपोर्टर ३ , म्यान अफ ताई चि लगायतका फिल्ममा अभिनय समेत गरेका छन् । एक्टर सिल्भियो एक्शन फर नेसन्सको सद्भावना दूत पनि हुन । एक्सन फर नेसन्सले अमेरिका, नेपाल, भारत र पाकिस्तानमा महिला सशक्तीकरणका लागि आत्मरक्षा तालिम लगायतका महत्वपुर्ण कार्यहरु गरेको भन्दै हालै मात्र अमेरीकामा शो फेस्ट सोसल अवार्ड २०२२ समेत प्राप्त गरेको छ ।

कमेन्ट गर्नुहोस्