फिल्म । पर्दामा रुचाइएको जोडी मध्येका एक हुन् , पल शाह र पुजा शर्मा । ‘म यस्तो गीत गाउछु’ मार्फत पर्दामा पहिलो पटक देखिएको जोडीले निकै चर्चा पायो । यिनको केमेष्ट्रीलाई दर्शकले रुचाए । तर , त्यसपछि यो जोडी लामो समयसम्म संगै काम गर्ने चर्चा भएन । सामाजिक सञ्जालमा केहि अगाडी आएका कमेन्ट हेर्ने हो भने युवापुस्ताका दर्शकले पल र पुजाको जोडीलाई पुनः हेर्न चाहेको ईच्छा जाहेर गरेका थिए ।
त्यसपछि ‘म यस्तो गीत गाउछु’ टीमले नै सिक्वेल बनाउने तयारी थाल्यो । पलसंग भएको केहि मनमुटावलाई भुल्दै निर्देशक सुदर्शन थापाले सिक्वेल तयार गरे । उनले दर्शक माँझ डिमाण्ड रहेको जोडी पल र पुजालाई स्क्रीनमा ल्याए । कोरोना भाइरसले निम्त्याएको विपदले गर्दा फिल्म त रिलिज हुन् सकेन । यद्दपी फिल्मका सार्वजनिक गीत संगीतले दर्शकबाट राम्रो रेस्पोन्स पाएको थियो । जसलाई गीतले युट्युबमा प्राप्त गरेको भ्युजले पनि प्रस्ट्याउछ । तर , दर्शक माँझ प्रतीक्षा रहेको यो जोडी पछिल्लो समय म्युजिक भिडियोमा देखिदैछ ।
लकडाउन हटेसंगै यो जोडीले दुइ म्युजिक भिडियोमा अभिनय गरेको खबर प्राप्त छ । छनिक फाइदाले पछि घाटा पो गर्ने हो कि ? फिल्ममा जोडीलाई हेर्ने दर्शकको चाहना कतै भिडियोले नै समाप्त त गर्ने होइन ? यसतर्फ पनि सोच्ने कि पल र पुजाजी ?










