निर्देशक भन्छन् ,’हिरोइन पब्लिसिटीमा आएनन्’

फिल्म । निर्देशक एभरेष्ट सुर्य बोहोराले आफुलाई कलाकारहरुले दु:ख दिएको बताएका छन् । उनले आफुँले पारिश्रमिक पूर्ण रुपमा दिईसक्दा पनि अभिनेत्रीद्वय प्रियंका कार्की र दीपिका प्रसाईंको साथ नपाएको बताएका छन् । उनि निर्देशित फिल्म ‘हेल्लो जिन्दगी’ मा समावेश गीत ‘अनौठो प्रेम’ को सार्वजनिक कार्यक्रममा सञ्चारकर्मीको जिज्ञाषाकै क्रममा उनले दुखेसो पोखेका हुन् । उनले प्रियंका र दीपिकासँगै विल्सन विक्रम राई पनि पब्लिसिटीमा नआएको बताए । बारम्बार सम्पर्क गर्दा पनि प्रियंका कार्की , दीपिका प्रसाईं र विल्सन विक्रम राई फिल्मको प्रचारप्रसारमा नआएको र विभिन्न बहाना बनाएको निर्देशक बोहोराको आरोप छ । ‘राम्रा कलाकार नभएका होइनन् तर केहि अनप्रोफेसनल कलाकार पनि छन्’ उनले भने ।

‘प्रियकाजी बच्चा भएको कारण नआउनु भएको होकी ? दीपिकाजीलाई पनि सम्पर्क गर्दा विभिन्न बहाना बनाउनु भएको छ’ उनले भने । दीपिकाजीको श्रीमान दिवाकर भट्टराई आफै निर्देशक भएता पनि फिल्म निर्देशकको पिडा नबुझेको उनको गुनासो छ । चैत्र १८ गतेबाट प्रदर्शनमा आउने फिल्ममा ‘मर्डर मिस्ट्री’ सँगै बदला र मित्रताको कथा देखाइएको छ । फिल्मको बारेमा बोल्दै अभिनेता जोशीले यसमा फरक कथा देख्न पाउने बताए । कार्यक्रममा बोल्दै निर्मात्री सृजना जोशीले फिल्म निर्माणमा कुनै सम्झौता नगरिएको बताइन् । ’हामीले राम्रो फिल्म बनाउन कुनै सम्झौता गरेनौं । तर, एक्ट्रेसबाट हामीले सहयोग पाएनौं । हामी नेपाली फिल्मको स्तरीयता बढाउन आएका हौँ’ उनले भनिन् ।

फिल्ममा सेन्ट्रल क्यारेक्टरमा विक्रम जोशी छन् । बिक्कीको उपनामले समेत परिचित विक्रमले अभिनयमा ह्याप्पी डेज मार्फत डेब्यु गरेका थिए । त्रिकोणत्मक प्रेम कथा रहेको फिल्ममा विक्रमसँगै दीपिका प्रसाईं र प्रियंका कार्कीको पनि अभिनय रहेको छ । नेपाल र बेलायतको रमणीय दृश्यमा छायांकन गरिएको फिल्मलाई एभरेष्ट सुर्य बोहराले निर्देशन गरेका छन् । फिल्ममा विल्सन बिक्रम राई, बिक्रान्त बस्नेत, सबिता गुरुङ, ध्रुव दत्तलगायतका कलाकारको अभिनय पनि रहेको छ ।

हिराल जोशी र बिक्रम जोशी निर्मातामा रहेको फिल्ममा सृजना जोशी महर्जन कार्यकारी निर्माता रहेकी छिन् । निर्देशक बोहरा र बिक्रम जोशीको कथा रहेको फिल्ममा निर्देशक बोहरा र अभिमन्यु निरवीको पटकथासँगै सम्वादमा रहेको छ । फिल्ममा राजनराज शिवाकोटी र एलिस कार्कीको संगीत रहेको छ भने प्रमोद खरेल, प्रताप दास, प्रबिशा अधिकारी, एड्रिन प्रधान र रजिना रिमालको पाश्र्वगायन छ । यसमा पुरुषोत्तम प्रधानको छायाँकन, सम्राट बस्नेतको द्वन्द निर्देशन र मित्र डि. गुरुङको सम्पादन रहेको छ ।

कमेन्ट गर्नुहोस्